साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरा बा र म बा

बा बन्दै बन्दै बढेको जिन्दगीको यौवन गइसक्यो बाझैंँ बा बन्न बालाई बुझ्दै अगाडि बढेको छु परिवार, जिम्मेवारी, खेतबारीमै बाझैँ गढेको छु ।

Nepal Telecom ad

रमेश राज अर्याल :

मेरा बा सधैंझैं साथै हुनुहुन्छ
मस्त हुनुहुन्छ, स्वस्थ हुनुहुन्छ
सरीर हो कहिले काँही त के भइहाल्छ
जाडोमा एकैछिन् रुङ्दा दिन गइहाल्छ ।

धारामा पानी भर्न बा सधैंझैं मरिमेट्नु हुन्छ
घरायसी कामहरू त झन् भरिपूर्ण गर्नुहुन्छ
पहिले लाग्दथ्यो बा एकोहोरो हुनुहुन्छ
अहिले ज्ञान आयो बा सर्वत्र गोलो हुनुहुन्छ ।

विगतमा बा सरकारी जागिर खानुहुन्थ्यो
बँचेको समय घरखेत, सन्तानमा बाँड्नुहुन्थ्यो
काम फत्ते नगरी न कहिल्यै थाक्नुहुन्थ्यो
बा नभई अहिले पनि कहाँ खुसीले छुन्थ्यो ?

म पनि सन्तानहरूको बा भएको धेरै भइसक्यो
बा बन्दै बन्दै बढेको जिन्दगीको यौवन गइसक्यो
बाझैंँ बा बन्न बालाई बुझ्दै अगाडि बढेको छु
परिवार, जिम्मेवारी, खेतबारीमै बाझैँ गढेको छु ।

बाले पनि बाको बाबाट धेरै सिक्नुभयो होला
घाम, पानी, हावाहुरी, नभनी तर्नुभयो धेरै खोला
बाले बुझाइरहनु भएको छ यो मूल्यवान् मानव चोला
कर्तव्यनिष्ठ भई, मनमा हरपल जप्दै शिव शङ्कर भोला ।।

०००
दक्षिणकाली नगरपालिका – ७ , काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x