साइबर अपराध सम्बन्धी सचेतना सामग्री

योग विषयक कविता गोष्ठी सम्पन्न

आयोजक संस्थाका सचिव जीवनाथ अधिकारीले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व समाजका उपाध्यक्ष दीनानाथ पोख्रेलले र प्रमुख आतिथ्य पतञ्जली योग समिति, नेपालका संरक्षक योगी डा चन्द्रमणि खनालले गर्नुभएको थियो।

Nepal Telecom ad

भक्तपुर, २०८१ माघ २ । भक्तपुर बुढ्यौली साहित्य समाजको आयोजनामा अक्सफोर्ड प्राक्टिकल स्कुल सल्लाघारीको सभाकक्षमा योग विषयक कविता प्रतियोगिता सम्पन्न भयो।

आयोजक संस्थाका सचिव जीवनाथ अधिकारीले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व समाजका उपाध्यक्ष दीनानाथ पोख्रेलले र प्रमुख आतिथ्य पतञ्जली योग समिति, नेपालका संरक्षक योगी डा चन्द्रमणि खनालले गर्नुभएको थियो।

प्रतियोगी कविताको मूल्याङ्कनकर्ताको भूमिकामा प्राडा देवी नेपाल र साहित्यिक पत्रकार अभय श्रेष्ठ हुनुहुन्थ्यो। कार्यक्रममा मञ्चासिन व्यक्तित्वका रूपमा शंकरप्रसाद मानन्धर पूर्वप्रशासक तथा सल्लाहकार भक्तपुर बुढ्यौली साहित्य समाज, कविराज घिमिरे अध्यक्ष भक्तपुर बुढ्यौली साहित्य समाज, लालबहादुर भुजेल अध्यक्ष चागुनारायण साहित्य समाज तथा हरिबहादुर केसी रहनुभएको थियो।

मञ्चासिन व्यक्तिलाई संस्थाका सदस्यद्वय वसन्ती भुजेल र जुनु घिमिरेद्वारा खादार्पण गरिएको थियो । कार्यक्रमको प्रारम्भ राष्ट्रिय गानबाट र समाजका अध्यक्षबाट स्वागत मन्तव्य सहित कार्यक्रममाथि संक्षिप्त प्रकाश पारेपछि प्रतियोगी कविता वाचन गरिए।

कार्यक्रममा छनौट भएका ३० कवितामध्ये २८ कविहरूले आफ्ना रचना पाठ गर्नुभएको थियो। तीमध्ये १ जनाले अप्रतियोगी रचनापाठ गर्नुभयो । जसको रचनाक्रम निम्नानुसार रहेको थियो :
१. अम्बिका धिताल अनुपस्थित, २. आत्माराम न्यौपाने- मानव जीवनमा योगको महत्त्व, ३. उत्तम विचार भेटवाल- योगको महत्त्व पञ्चचामरमा, ४. एम पी अराइटो- कि कसो योगमाया मुक्तलयात्मक, ५. कृष्णप्रसाद पौडेल जस्ताघरे- मानव जीवनमा योगको महत्त्व शार्दूलविक्रीडित, ६. गोमा रेग्मी- मानव जीवनमा योगको महत्त्व शार्दूलविक्रीडितमा, ७. चेवन बस्नेत- मानव जीवनमा योगको महत्त्व अनुष्टुप, ८. टङ्कप्रसाद बराकोटी टी पी बराकोटी २ ओटा छन्द अनुष्टुप र शार्दूल छन्दमा, ९. ढुण्डिराज पोखरल- मानव जीवनमा योगको महत्त्व अनुष्टुप, १०. दिलबहादुर चौधरी- गरेर नित्य योग नै पञ्चचामर, ११. नवीन रेग्मी- योग स्रग्विणी, १२. वसन्त नकर्मी- आऊ योग गरौँ मुक्तलयात्मक, १३. पदम दाहाल- योगको महत्त्व पञ्चचामर, १४. पूजन मिश्र- योगको महत्त्व झ्याउरेमा थिए।

त्यसै गरी १५. प्रद्युम्नप्रसाद पौडेल- मानव जीवनमा योगको महत्त्व मुक्तलयात्मक, १६. प्रमुना पौडेल- योग शार्दूलविक्रीडित, १७. भक्तबहादुर वासुदेव ठकुरी- मानव जीवनमा योगको महत्त्व सबाई, १८.भावकेशर बराल- योग दर्शन : अष्टाङ्ग योग, १९. मधुसूदन पराजुली- योग गरौँ शार्दूलविक्रीडित, २०. महेश्वर खनाल- मानव जीवनमा योगको महत्व पञ्चचामर, २१. डा मेघराज ढकाल- योग बन्छ दियालो मन्दाक्रान्ता, २२. मोहनप्रसाद घिमिरे- अनुपस्थित, २३. रत्ननिधि रेग्मी शुक्राचार्य- योग अनुष्टुप, २४. विद्या अनामिका- बुझौं महत्त्व योगको अनुष्टुप, २५. अप्रतियोगी ज्ञानराज सुवेदी- योग विषयक कविता, २६. शरद् शोभा- योग साधना गद्यलयात्मक, २७. सर्मिला पौडेल – योग मुक्तलयात्मक, २८. सरला सुवेदी पोखरेल- मानव जीवनमा योगको महत्व मुक्तलयात्मक, २९. सुशील रिजाल- मानव जीवनमा योगको महत्त्व पञ्चचामर, ३०. सृजना मल्ल ठकुरी- आउनूस् हजुर नियमित योग गरौँ मुक्तलयात्मक रहेका थिए ।

प्रतियोगी रचनापाठपछि लालबहादुर भुजेल, हरिबहादुर केसी, शङ्कर मानन्धर योगको महत्तामाथि सारगर्भित मन्तव्य प्रस्तुत गरियाे ।

अभय श्रेष्ठ निर्णायक मण्डलका सदस्य, योगसम्बन्धी मन्तव्य र प्रतिदान कविता पछि प्रमुख अतिथिको मन्तव्य योगाभ्यासका चरण र योगको महत्ताबारे सारगर्भित प्रकाश पारिएकाे थियाे ।

प्राडा देवी नेपाल निर्णायकका तर्फबाट वाचित रचनाबाट केही सूक्तिवाचन सहितको मन्तव्य र बुढ्यौली विषयक कविता वृद्धबालक वाचनपश्चात् निर्णय प्रस्तुत भयो। पुरस्कृत कविहरूलाई प्रमाणपत्र वितरण र फोटो सेसनपश्चात् सभापतिको आज्ञाले सञ्चालकबाटै प्रतियोगिता विसर्जन भयो ।

०००
– भावकेशर बरालद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x