साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रलेसद्वारा सिर्जनात्मक लेखन प्रशिक्षण सम्पन्न

उक्त प्रशिक्षण कार्यक्रममा प्रशिक्षकका रुपमा प्रा.डा.देवी नेपालले २६ र २७ गते दुई दिन सहभागीहरुलाई बालोरी छन्द, लोक छन्द, गीति छन्द, झ्याउरे छन्द तथा शास्त्रिय छन्दका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

Nepal Telecom ad

उदयपुर, २०८१ माघ २ । उदयपुरको कटारी नगरपालिकास्थित त्रिवेणी माध्यमिक विद्यालयमा दुई दिने सिर्जनात्मक लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

प्रगतिशील लेखक सङ्घ नेपाल, उदयपुर जिल्ला शाखाको आयोजना र कटारी नगरपालिकाको जनतासँग उपप्रमुख कार्यक्रमको आर्थिक सहयोगमा संचालित उक्त प्रशिक्षण कार्यक्रममा कटारी नगरपालिका भित्रका सामुदायिक विद्यालय र संस्थागत विद्यालयका शिक्षक, विद्यार्थी र अन्य इच्छुक स्थानीय साहित्यकर्मी, शुभचिन्तक लगायतको उपस्थिति रहेको थियो ।

उक्त प्रशिक्षण कार्यक्रममा प्रशिक्षकका रुपमा प्रा.डा.देवी नेपालले २६ र २७ गते दुई दिन सहभागीहरुलाई बालोरी छन्द, लोक छन्द, गीति छन्द, झ्याउरे छन्द तथा शास्त्रिय छन्दका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

सो प्रशिक्षण उद्घाटनका क्रममा कटारी नगरपालिकाकी उपमेयर गीता खड्काले विद्यालयका शिक्षक तथा विद्यार्थी भाइ बहिनी र साहित्यमा रुचि राख्ने जो कोहीले पनि सिर्जनात्मक लेखन गर्न सक्ने भएकोले यो प्रशिक्षणले थप हौसला र उर्जा प्राप्त हुने बताउनु भयो ।

उप प्रमुख खड्काले शैक्षिक गुणस्तर अभिवृद्धि गर्नु नगरपालिकाको दायित्व र कर्तव्य भएको र यस तर्फ शिक्षकहरुले पनि विशेष ध्यान दिएर विद्यार्थीहरुलाई सिर्जनात्मक लेखन सीप तथा यसबाट हुने फाइदाका बारेमा र भविष्यमा यसले विद्यार्थी,समाज र शिक्षकहरुलाई समेत हुने फाइदाका बारेमा चर्चा गर्नु भएको थियो ।

सो प्रशिक्षण कार्यक्रममा छन्द बाहेक गीत, गजल, मुक्तक तथा मुक्त छन्दका कविता (गद्य कविता)लेखनका बारेमा पनि प्रशिक्षण दिइएको थियो ।

प्रशिक्षण कार्यक्रममा त्रिवेणी माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा पढ्दै गरेका छात्र छात्रा, कटारी नगरपालिका भित्रका सामुदायिक विद्यालयका र संस्थागत विद्यालयका नेपाली विषयका शिक्षकहरु तथा साहित्यमा रुचि राख्ने कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिकाभित्रका साहित्यिक शुभेच्छुकहरुको ६५ जनाको सहभागिता रहेको थियो ।

दुई दिने प्रशिक्षण समापनका क्रममा कटारी नगरपालिकाकी शिक्षा शाखा प्रमुख सञ्जु दाहालले सिर्जनात्मक लेखन प्रशिक्षण कार्यक्रमले शिक्षकहरुको पढाउने शैीक्षक क्षमता अभिवृद्धि गराउने र प्रयोगात्मक रुपमा लेखन सीपमा पनि सहयोग पुग्नेभएकोले यो प्रशिक्षण कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको बताउनु भयो ।

कटारी नपाकै शिक्षा सल्लाहकार सूर्य कार्कीले लेखन सीप सबैकालागि आवश्यक भएको तर शिक्षकहरुकालागि बढी आवश्यक देखिएको बताउदै नगरपालिकाले शिक्षा क्षेत्रमा गरेको लगानीको उचित सदुपयोग हुनु पर्ने र त्यसको प्रतिफल नगरपालिकाले पाउनु पर्ने बताउनु भयो ।

०००
– माधव पोखरेलद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x