
दुवईको बुर्ज खलिफामा ‘दलालशाला’ हास्यव्यङ्ग्य कृति विमोचन
हास्यव्यङ्ग्यकार गाम्नागेको साठीऔँ जन्मदिनको सन्दर्भ पारेर दलालशालाको विमोचन सम्पन्न भएको छ । एकै साथ झापाको गौरादहस्थित लेखकको निवास र दुवईको बुर्ज खलिफा टावरमा विमोचन समारोह सम्पन्न भएको हो ।

काठमाडौं, २०८१ पुस २९ । सिस्नुपानी नेपालका अध्यक्ष एवं हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेको हास्यव्यङ्ग्य कृति “दलालशाला (निबन्ध सङ्ग्रह)” प्रकाशनमा आएको छ । १३८ छोटा निबन्धहरु सङ्ग्रहित २८४ पृष्ठ रहेको पुस्तकको मूल्य रु ५६५।– रहेको छ । पुस्तक मञ्जरी पब्लिकेसनले बजारमा ल्याएको हो ।
गाम्नागेको यो जम्मामा एघारौँ र हास्यव्यङ्ग्यमा आठौँ कृति हो । “नेपाल” पत्रिकामा लामो समय “झटारो” स्तम्भ लेखेका गाम्नागेका छानिएका झटारोहरु यस पुस्तकमा सङ्ग्रहित छन् ।
यही २०८१ पुस २९ गते हास्यव्यङ्ग्यकार गाम्नागेको साठीऔँ जन्मदिनको सन्दर्भ पारेर दलालशालाको विमोचन सम्पन्न भएको छ । एकै साथ झापाको गौरादहस्थित लेखकको निवास र दुवईको बुर्ज खलिफा टावरमा विमोचन समारोह सम्पन्न भएको हो ।
आमाको गम्भीर अस्वस्थ्यताका कारण दुबईको भ्रमण रद्ध गरी गृहनगर गौरादहमा रहेका लेखकको परिवारले आयोजना गरेको जन्मोत्सव तथा पुस्तक विमोचन कार्यक्रममा लेखकका माता पिता र परिवारजनका दुई दर्जन व्यक्तिहरुको संलग्नता रहेको थियो ।
उता सप्ताहव्यापी “दुई थोपा हाँसो” शीर्षकको चेतनामूलक हास्यव्यङ्ग्य कार्यक्रम लिएर संयुक्त अरव इमिरेट्स्को भ्रमणमा रहेको सिस्नुपानी नेपालको समूहले आयोजना गरेको दलालशाला पुस्तकको विमोचन कार्यक्रम विश्वकै अग्लो टावर बुर्ज खलिफाको १२५ औँ तलामा सम्पन्न भयो ।
सिस्नुपानी नेपालका उपाध्यक्ष प्राज्ञ धीरेन्द्र प्रेमर्षि, उपाध्यक्ष वरिष्ठ हास्य कलाकार मनोज गजुरेल, महासचिव टङ्कराज आचार्य, सचिव सरोज घिमिरे, सदस्यहरु चक्र दवाडी एनआरएनए दुबईका अध्यक्ष विकास शाही, मध्यपुर्व प्रमुख रमेश श्रेष्ठ, समाजसेवी ठाकुर ढुंगाना, भीम मल्ल, मन्जु पोखरेल लगायतका व्यक्तित्वहरुले संयुक्त रुपमा पुस्तकको विमोचन गर्नुभएको थियो ।
०००
-सरोज घिमिरेद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest