साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोके पुत्र

Nepal Telecom ad

जेठा पुत्र अलिक इमान्दार
पढाइ लेखाइमा जेहनदार
सधैं पढाइ लेखाइमै कस्सिए
जगिर भएपछि
जिल्ला छोडी
राजधानीतिरै धस्सिए ।

माइला अलिक बाठा परे
अङ्ग्रेजीमा फाइँफुइँ गरे
खैरीनीसँग मस्किए
पातालतिरै फस्किए ।

साइँला परे अलि कडक
गर्नु पर्ने तडक भडक
ती ठेकेदार भै टोपले
सधैं
सोमरसमै मुख चोपले ।

काइँला सधैं
झगडा गर्दै हिँड्ने
कोही भटिएन भने पनि
ससुराललाई तथानाम भन्दै
श्रीमतीसँग भए पनि भिड्ने ।

कान्छो झन लठक नारायण
पढाइ लेखाइ चटक्क नारायण
पढाइ लेखाइ नभए पनि
सधैं कलेज जान्थे
विद्यार्थी आन्दोलनमा
इँटा ढुंगा हान्थे ।
कहिले पिटाइ खान्थे
कहिले अरुलाई पनि
दुईचार मुक्का हान्थे
त्यसैले विद्यार्थीहरू पनि
उनकै कुरा मान्थे ।

बिस्तारै नेतागिरी गर्न थाले
एकदिन सदस्यको लागि
पार्टीमा दरखास्त हाले
पछि सभासदसम्म भएछन्

युरोपदेखि अमेरिकासम्म गएछन्
आजभोलि अरु पुत्र
खै कता गाका छन् गाका छन्
यिनै लठक नारायण नै
ठूला मान्छे भाका छन्
गाउँदेखि सहरसम्म
यिनैले मानसम्मान पाका छन्
डाक्टरदेखि प्राध्यापकसम्म
यिनैलाई भेट्न आका छन् ।

तर लोके
जति पुत्र भए पनि
गाउँमा एक्लै भाका छन्
श्रीमती स्वर्ग हिँडेपछि
आफैं पकाई खाका छन्
बाह्र छोरा तेह्र नाति
बुढाको दुख बुढैमाथि
अब लोके पनि के कम
नयाँ घरजम गरी बस्या छन्
बुढौलीमा भए पनि
घोर्ले छोरो पाउँछु भनी
कमरै कस्या छन् ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x