साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ह्याप्पी होली

Nepal Telecom ad

भाङको लड्डु भाङकै गोली
बेलुनले हैन सिलेन्डरले हान
हे पिएम केपी ओली
सिलेन्डरले हानेन् भने पनि बुरा नमान
ह्याप्पी होली ।

बत्ती छैन सोलार छैन
जेनेटर चलाउँ भने पेट्रोल छैन
संविधान भन्दा त
हाइड्रो पावर पो चाहिएको छ
विदेशीसँग लत्ता कपडा मागेकै छौ
धन पैसो पनि मागेकै हो
अब बत्ती पनि मागौँ न पिएम ओली
दिएनन् भने पनि बुरा नमान
ह्याप्पी होली ।

मोदी बाबालाई भेट्न् गएकै हो
ठुलै जम्बो टोली
खै के के दिए मोदी बाबाले
देखाउँदैनन् झोली
फेरि निजी बिमान चढेर
उत्तर गयो जम्बो टोली
यसपाली पेट्रोलको ट्याङ्कर नै चढेर
आउँछन् कि हाम्रा पिएम ओली
आएनन् भने पनि बुरा नमान
ह्याप्पी होली ।

चाइनाले स्वागत गर्छ कि
झ्याल ढोकै खोली
त्यहाँ पनि केपी दाइले
चलाउँछन् कि
उखानको पिचकारी टुक्काको गोली
आउँदा
रेलै चढी पो आउँछन् कि ओली
आएनन् भने पनि बुरा नमान
ह्याप्पी होली ।

गगन र सिटौला सिलौटा भए
बिचरा रामचन्द्र पनि लिखौटा भए
खड्काको साथ पाएपछि
भाग्यमानी त रहेछन् देउपा
कहिले प्रचण्डलाई
कहिले ओलीलाई भन्दैछन्
अब प्रधानमन्त्री मलाई देऊ बा
तर सरकार छोड्नेवाला छैनन् ओली
छोडेनछन् भने पनि बुरा नमान
ह्याप्पी होली ।

अरुमा हुन नसके देशलाई
माग्नेमा एक नम्बर पार्नु पर्छ
के के छ माथि नेपाल
अब सब तलतल झार्नु पर्छ
दिने दाताहरू छँदैछन् दिल खोली
हामीले त मजाले मनाउने होली
दिएनन् भने पनि दाताले, बुरा नमान
ह्याप्पी होली ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x