साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धज्जी उड्छ

Nepal Telecom ad

किन हाम्रो संसारमा इमान्दारकै धज्जी उड्छ
मस्तीमा छन् दुराचारी, सदाचारकै धज्जी उड्छ ।

गुरुजन र मान्यजनको, स्थान छैन हृदयमा
अर्ति, बुद्धि, ज्ञान दिने, मदतगारकै धज्जी उड्छ ।

जाली, झेली, खुराफाती, बस्छन् अग्ला महलमा
गरिब बस्छ झुपडीमा त्यो, घरबारकै धज्जी उड्छ ।

जहाँ खायो त्यहीँ चुठ्ने, बानी गर्छन् धेरै मान्छे
जताततै कृतघ्न छन्, उपकारकै धज्जी उड्छ ।

बाबु आमा तिरष्कृत छन्, मायाँ, दया छैन कतै
निष्ठुरी भो सोच यहाँ, पालनहारकै धज्जी उड्छ ।

निष्ठा, भक्ति, आदर्शता, मिल्केका छन् घुरानमा
राम, कृष्ण, गौतम बुद्ध, अवतारकै धज्जी उड्छ ।

छट्ट्याइँ, फट्याइँ, मारामारी, गर्न सक्ने बन्छ ठूलो
सरल, शिष्ट ‘कोमल’ तथा, मिलनसारकै धज्जी उड्छ ।

पुरानो नैकाप, काठमाडौँ
हाल न्युयोर्क, अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x