बद्रीप्रसाद दाहाल ‘भस्मासुर’होसियार फग्गूहरू !
लाली खुल्दै, अधर–धरमा, झुल्न थाले वसन्त
राता गाला, उरु–उरजमा, फुल्न थाले वसन्त ।
आँखा तेजी, कमल–करझै, मन्द–मुस्कान मोही
सिङ्गै होली, तनभर अहा ! झल्झलाकार मोती ।।१।।
गोरा उन्का, नरम तनमा, रङ्ग–लोला नहान
छोटा उन्का, पहिरन भिजे, अङ्गका जान्छ मान ।
हेर्दा उन्का, पहिरन सबै, पारदर्शी छ कर्षी
चोली भिज्दा, कुटिल मन झन्, बन्दछन् काम–कर्षी ।।२।।
अग्ला जुत्ता, टिसट अति नै साँगुरा झन् कसीला
फुट्ला टुट्ला, वसन उनका, रङ्गले म्याडि–चोला ।
भो, भो ! फग्गू ! जल रङ छरी, दर्द–लज्जा नदेऊ
श्रष्टा भन्छन्, कुसुम–करमा, स्पर्श– घच्चा नदेऊ ।।३।।
धादिङबेँसी
Subscribe
Login
0 Comments
Oldest








































