साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चाकडी

Nepal Telecom ad

पहिले पहिले
राणाको दरबारमा हुर्केको चाकडीलाई
राजदरबारमा देख्थे
फाट्टफुट्ट कहिलेकाहीँ
सिंंहदरबारमा पनि देख्थे
राजसस्था ढलेपछि
लाग्थ्यो चाकडी पनि ढल्यो होला
यो पनि बिदेशतिर चल्यो होला
तर के जान्थ्यो बजिया विदेशतिर
त्यहाँ यसको न काका छ न बाउ छ
न त्यहाँ यसको चाकडी गर्ने कुनै ठाउँ छ
यो त राजदबारबाट नेता–दरबारतिर पो सरेको रैछ
देउपा दरबारमा होस् कि ओली दरबारमा होस्
या प्रचन्ड दरबारमा होस्,
गर्नु गरेको रैछ
नेताको दरबारमा पो, यो हेर्न लायक छ
मानौ यो नै त्यहाँ विशेष नायक छ ।

बिहान आउँछ ओली दरबारलाई सलाम ठोक्छ
दिउसो आउँछ देउपा दरबारलाई ढोक्छ
साँझ आउँछ प्रचन्ड दरबारलाई गुनासो पोख्छ
अरुलाई भित्र पस्न पनि कति गाह्रो छ
तर यसलाई त्यहाँ कसले रोक्छ
यसको अगाडि अच्छे अच्छे नेता पनि मुला छ
थाह छैन यसले
ठुल ठुला मान्छेलाई खै कसरी भुला छ ।

चाकडी पछि लागेपछि
जस्तै मै हुँ भन्नेले पनि घुँडा टेक्छ
जति नैतिकताका कुरा गरे पनि
यसको अगाडि बाउको बिहे देख्छ
यो चाकडीको कला पनि
कोही आइ सिकेका, कोही त जन्मदै लिइ आएका
धन्य छ तिमीलाई, जो छन् यो कला पाएका ।

दाङ, हाल  : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x