साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रिसै मात्र उठ्छ

Nepal Telecom ad

रिसै मात्र सधैँ उठ्ने जे देख्ता पनि के गरूँ
अर्काको दुनियाँ देख्ता मुर्मुरिन्छु कहाँ मरूँ ।
जे जे हुन्न भनी भन्छु तिनैको नित्य चाप छ
अर्काको सुखमा कस्तो पोल्ने सन्ताप राप छ ।।

भनेथेँ घरमा आफ्ना सन्तति मार्ग यो ठिक
यता राम्रो सधैँ हाम्रो हुन्न त्यो लक्ष्य माफिक ।
खुसी छन् तिनकै बाटो तिनैमा तर सन्तति
म आफू रिसले मर्छु उल्टो भो देशको मति ! ।।

सिद्धान्त सामुमा आफ्नो छैन हल्चल ढल्पल
ब्रह्मवाक्य बने जस्ता आफ्ना छन् मन्दराचल ।
राजनीति त्यसो हुन्न भन्दा एक्लो हुँदै गएँ
रिसै मात्र सधैँ उठ्ने पिण्ड केवल यो भएँ ।।

साधु सन्त महाज्ञानी राजनेता ठुलाहरू
आआफ्ना तिनका होलान् सिद्धान्त भावनाहरू ।
तर खै ! मनले कस्तो अर्कै भाव लिने हुँदा
रिसै मात्र सधैँ उठ्छ तिनका कर्मले छुँदा ।।

पत्रिका नपढूँ लाग्छ मिथ्या स्वार्थ छ झैँ सदा
समाचार कहाँ आफ्नो मनको हुन्छ सर्वदा ।
नपढूँ वा नहेरूँ वा नजाऊँ अनि के गति
रिसको भुवँरीभित्र आफ्नो मात्रै छ है मति ।।

बिगारे तिनले सारा ध्वस्त पारे जता पनि
नगर्ने कामले गर्दा यस्तो भो देशको भनी,
सुनाऊँ कसले सुन्ने म आफू मात्र फुर्सद
रिसै मात्र सधैँ उठ्ने यो कस्तो बनिएँ खुद ।।

कहिले मनले सोच्छु किन उल्टो सबै कुरा
जे जे हुन्न भनी भन्छु तिनैको किन आँकुरा !
कतै आफै कुवा जस्तो पानीको गर्वमा छु कि
तर कस्तो रिसै उठ्ने बनिएँ सृष्टिमा लुकी ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x