जीवन ‘पीडित’ दाहालपरकाया प्रवेश
देशमा कहिले बिजुली, ग्यास, पेट्रोल सहज होला ? र सन्तोषका सास फेर्न पाइएला भनेर घोत्लिइ रहेका बेला अकस्मात मेरा अघि लग्भग ७० वर्ष अघिको भेषभुसामा एउट अजङ्गको मानिस देखा पर्यो, रातो–रातो कपाल भएको, युरोपियन जस्तो देखिने र भन्यो–
“के सोचेर घोत्लिइरहेको मनुवा ?”
उसका सोधाइले एकपटक त चिन्नु न जान्नुको मान्छेलाई म के सोच्छु ? के गर्छु भनेर मैले किन बताइ रहनु पर्यो ? भनेर झनक्क रिस उठ्ला–उठ्ला झैं नभएको र उत्तर दिउँ कि न दिउँको दोधारमा नपरेको त हैन तर उसको व्यक्तित्व र नरमपनाले मलाई तुरुन्तै बसिभूत गराएकाले उत्तर नदिई सकिन र भनेँ–
“के हुनु र ! हाम्रो नेपाल र हामी नेपालीले कहिल्यै सुखको सास फेर्न पाउँछौ कि पाउँदैनौ होला भनेर नि ।”
“आजसम्म आफ्नो स्वार्थ छोडि देशको उन्नतिका लागि भनेर कसले फगत एक मिनेट्मात्र पनि सोचेको छ र ! तिमीहरूले सुख पाउनु ? सोच बदल न, पाइहाल्छौ नि !”– उसले जरक्क परेको लवजमा उत्तर दियो र थप्यो– “तर अब चिन्ता नगर म छु ।”
उसका अन्तिम शब्द “मछु” ले मलाई आश्चर्यचकित बनायो । यो विदेशीजस्तो देखिने मान्छेले मछु भनेको अर्थ के होला ? यो मान्छे को हो ? र यसले हाम्रो दुख हरण गर्छ भनेर अनि मैले आफ्नो उत्सुकता मेटाउने हेतुले उसैलाई प्रश्न राखेँ– “तिमी को हौ र ?”
“राष्ट्रवादी हिट्लरको आत्मा ।”– उसले गजक्क परेर आफ्नो परिचय दियो ।
ओहो यतिका बर्ष यो मृतात्मा कहाँ थियो होला र अब किन नेपालमा नै आउन चाहेको होला भनेर अर्को खुलदुली पैदा भयो मनमा । फेरि प्रश्न थपी हालें– “यतिका समय कहाँ थियौ ? र नेपालमै चैं किन आउन चाहन्छौ त अब ?”
“मृत लोकमा थिएँ र अब यो देशमा मैले खेल्ने वातावरण बन्दै गएकाले आउन खोजेको ।”
“नाप्पियो ! नाप्पियो ! दुई चार वर्ष अस्थिरता पैदा भयो भन्दैमा तिमीले खेल्ने ठाउँ पाउला नि ? अझ तिमी जन्मिएर राजनीतिमा आउन्जेलसम्ममा त संसारै कहाँ पुगिसकेको हुनेछ कहाँ ? त्यो पनि तिमीहरू जस्ताले खेल्ने ठाउँको राँटै नछोडी …”– मलाई उसका कुरा फेद् न टुप्पाका लागेकाले खिस्याउने भावले भनेँ ।
“उपयुक्त समय भए किन जन्म लिइरहनु पर्यो ? परकाया प्रवेश गरौला नि उपयुक्त शरीर चै खोजेर ।”– उसले पÞmेरि पनि निर्धक्क भएर उत्तर दियो ।
गौरादह– १२, झापा
Subscribe
Login
0 Comments
Oldest







































