साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परकाया प्रवेश

Nepal Telecom ad

देशमा कहिले बिजुली, ग्यास, पेट्रोल सहज होला ? र सन्तोषका सास फेर्न पाइएला भनेर घोत्लिइ रहेका बेला अकस्मात मेरा अघि लग्भग ७० वर्ष अघिको भेषभुसामा एउट अजङ्गको मानिस देखा पर्यो, रातो–रातो कपाल भएको, युरोपियन जस्तो देखिने र भन्यो–
“के सोचेर घोत्लिइरहेको मनुवा ?”

उसका सोधाइले एकपटक त चिन्नु न जान्नुको मान्छेलाई म के सोच्छु ? के गर्छु भनेर मैले किन बताइ रहनु पर्यो ? भनेर झनक्क रिस उठ्ला–उठ्ला झैं नभएको र उत्तर दिउँ कि न दिउँको दोधारमा नपरेको त हैन तर उसको व्यक्तित्व र नरमपनाले मलाई तुरुन्तै बसिभूत गराएकाले उत्तर नदिई सकिन र भनेँ–
“के हुनु र ! हाम्रो नेपाल र हामी नेपालीले कहिल्यै सुखको सास फेर्न पाउँछौ कि पाउँदैनौ होला भनेर नि ।”

“आजसम्म आफ्नो स्वार्थ छोडि देशको उन्नतिका लागि भनेर कसले फगत एक मिनेट्मात्र पनि सोचेको छ र ! तिमीहरूले सुख पाउनु ? सोच बदल न, पाइहाल्छौ नि !”– उसले जरक्क परेको लवजमा उत्तर दियो र थप्यो– “तर अब चिन्ता नगर म छु ।”

उसका अन्तिम शब्द “मछु” ले मलाई आश्चर्यचकित बनायो । यो विदेशीजस्तो देखिने मान्छेले मछु भनेको अर्थ के होला ? यो मान्छे को हो ? र यसले हाम्रो दुख हरण गर्छ भनेर अनि मैले आफ्नो उत्सुकता मेटाउने हेतुले उसैलाई प्रश्न राखेँ– “तिमी को हौ र ?”

“राष्ट्रवादी हिट्लरको आत्मा ।”– उसले गजक्क परेर आफ्नो परिचय दियो ।

ओहो यतिका बर्ष यो मृतात्मा कहाँ थियो होला र अब किन नेपालमा नै आउन चाहेको होला भनेर अर्को खुलदुली पैदा भयो मनमा । फेरि प्रश्न थपी हालें– “यतिका समय कहाँ थियौ ? र नेपालमै चैं किन आउन चाहन्छौ त अब ?”

“मृत लोकमा थिएँ र अब यो देशमा मैले खेल्ने वातावरण बन्दै गएकाले आउन खोजेको ।”
“नाप्पियो ! नाप्पियो ! दुई चार वर्ष अस्थिरता पैदा भयो भन्दैमा तिमीले खेल्ने ठाउँ पाउला नि ? अझ तिमी जन्मिएर राजनीतिमा आउन्जेलसम्ममा त संसारै कहाँ पुगिसकेको हुनेछ कहाँ ? त्यो पनि तिमीहरू जस्ताले खेल्ने ठाउँको राँटै नछोडी …”– मलाई उसका कुरा फेद् न टुप्पाका लागेकाले खिस्याउने भावले भनेँ ।

“उपयुक्त समय भए किन जन्म लिइरहनु पर्यो ? परकाया प्रवेश गरौला नि उपयुक्त शरीर चै खोजेर ।”– उसले पÞmेरि पनि निर्धक्क भएर उत्तर दियो ।

गौरादह– १२, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x