साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुँगामुठे आयो !

Nepal Telecom ad

१. आयो ! आयो ! के नै आयो ! जुँगामुठे आयो !
प्रतिकृयावाद यहाँ निर्लज्ज नै छायो !

२. राणातन्त्र प्रजातन्त्र पन्चायती तन्त्र
भित्र बढेको यो तन्त्र ऐले पनि छायो !

३. काँग्र्रेसमा पस्यो ! बस्यो ! माले एमालेमा
माओवादी भित्र छिर्दै पखेटे भै’ छायो !

४. के के रूप धर्यो ! ओहो ! वहुरूपी भयो !
समाज नै भास्सिने यो छाल जस्तै छायो !

५. फेसनमा व्यसनमा व्यासासन पुग्यो !
सेकेन्डमा कैयौं टाढा पुग्ने गरी छायो !

६. कालिदास मान्छे बन्यो बस्या’ हाँगो काट्यो !
प्रतिक्रियावादे हावा चारैतिर छायो !

७. बुढा भित्र बुढी भित्र समाजकै भित्र
लिसो भयो ! नखेदिने चोप जस्तै छायो !

८. परीक्षण निरीक्षण मूल्याङ्कन स्वाहा !
भोज मोज डुलफिर वौरिएर छायो !

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x