साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यस बेला

Nepal Telecom ad

तार छिनेको यन्त्रमा
निषाद’ सुनिन्छ ‘षडज’
र विफल भएको छ
साधकको रियाज
यस बेला–
बेसुरमा छ गायक ।

असमान गतिमा
अनियन्त्रित छ लय,
र लय भुलेर बेतालमा
वाल्ज’मा बज्छ ‘रूपक’
यस बेला–
अस्थिर छ वादक ।

छन्दहीन पङ्क्तिहरूमा
आरूढ छ
कविको अप्रकट भाव,
र भङ्ग भएको छ
गति र यतिका नियम
यस बेला–
मुडहीन छ कवि ।

काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x