साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठट्यौली : अकबर बीरबल

Nepal Telecom ad

राजा अकबरको भारदारी सभा चलिरहेको थियो । एक्कासी राजालाई बीरबललाई सताउन ईच्छा जाग्यो ।

‘थाहा पायौ बीरबल हिजोराति मैले गज्जबकै सपना देखेँ नि,।’ अकबरले भने ।

‘कस्तो सपना महाराज ?’

‘तिमी र म आकासमा उडिराखेका रहेछौँ । एक्कासी हामी दुबै आकासबाट तल खस्यौं ।’

‘अनि के भयो महाराज ?’ बीरबलले जिज्ञासा राखे ।
‘म चाहिँ महको कुण्डमा खसेछु, तिमी चाहिँ मलमुत्रको कुण्डमा खसेछौ । अनि त म ब्युँझिइहाले ।’
भारदारी सभामा राजाको यस्तो भनाइले बीरबललाइ निकै झोक चल्यो ।

रिसलाइ साम्य पार्दै बीरबलले भने,– ’हो महाराज मैले पनि यही सपना देख्याथिएँ । तर तपाईं चाँडै ब्युझिनु भएछ । मैले त त्यसभन्दा पछिको पनि देखे नि ।’
‘के देख्यौ बीरबल त्यसभन्दा पछि ?’ अकबरले सोधे ।

’हजुर महको कुण्डमा झरिबक्स्यो । म ढलमल फोहरको कुण्डमा । हजुरको शरीर पुरै महले भिज्यो, मेरो फोह ढलमलको मलमुत्रले । त्यसपछि हामी दुबै त्यहाँबाट बल्लतल्ल बाहिर निस्क्यौं । बाहिर आएपछि मैले हजुरको शरीर चाटेँ, अनि हजुरले मेरो शरीर चाटिबक्स्यो ।’

बीरबलको जवाफले राजा कालोनिलो भए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x