साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ह्याप्पी होली

Nepal Telecom ad

एकाबिहानैदेखि टोल छिमेकमा होहल्लाका साथ होली सुरु भयो । एक दुई हुँदै हुल बटुलेर हातका लोला काँधमा लोलाको झोला र विभिन्न रङ्ग बोकेर सद्भावपूर्ण होली, होली भन्दै रङ्ग दलादल गर्न थाले । मेरी बुढी भएकी श्रीमती कराउन थाली– होली खेल्ने हैन ? भनेर । मैले पनि यसो विचार गरें के.पी. ओली सरको शासन कालमा हेप्पी होली नखेल्ने त कुरै भएन । जुरुक्क उठेर पहेँलो रातो अनि निलो रङ्ग ल्याएर घरमा भएजति सबैलाई भेला गरेर हेप्पी होली सुरु गरें । एकापसमा राम्रैसँग लसपस गरियो । झ्याप्प झप्पी स्वाट्ट सङ्ग रङ्ग । कोही नाच्न उक्साउँथे त कोही गाउन । टिभी खोलेको होली विशेष कार्यक्रम आउदै रहेछ । म मात्र के कम टिभीमा माछी मारन हो दाइ हो भन्ने गीत गाउँदै थिइन् खोई के नाम गरेकी हुन् गायिका, सुरु भएँ उफ्रिन । ताङ्गघिनाधिङ्ग ताङ्ग ।

लैनचौर मैदानमा कन्सर्ट भइरहेको छ भन्ने थाहा पाएर हामी त्यतातिर हान्नियौँ । लैनचौर पुगेर केहीबेर सङ्गीतमा झुमेपछि बसन्तपुरको रौनक हेर्ने बिचारले त्यतातिर लागियो । बाटोभरी अनेकन युवायुवती कोही झप्पी त कोही पप्पी समेत मार्दै ह्याप्पी होली, के.पी. ओलीदेखि आई लभ यु सम्म भन्दै रमाई रहेका थिए । अधिकांश युवतीहरूका सेता टि–सर्टको अगाडिका भाग पुरै रंगीन देखिन्थे भने युवाहरूको ढाड पुरै रंगीन थिए । हाम्रो समुहमा म मात्र अलि रंगिएको थिएँ भने अन्यका अनुहार रंग विहिन थियो । त्यसैले होला बाटाका युवाहरूले मलाई थप रंगाई रहन्थे । भोटाहिटीदेखि छिरेर आकास भैरव हुँदै बसन्तपुर छिर्दा बाटो भरी अटेसमटेस थियो । कसले कसलाई रंग दलिदियो कसले कसलाई भिजायो केही प्रवाह थिएन । अरु दिन भएको भए एकले अर्कोलाई ठेलेर हिँड्यो भने आँखा तरिन्थ्यो होलीमा सबैलाई ठेलठाल पेलपाल छुट । के बुढा के तन्नेरी सबै झुमबराबर ।

२०७२ साल कहिले भूकम्पले समूह समूह बनायो त कहिले के ले, अहिले होलीले । कहिले पीडायुक्त समूह त अहिले रंगयुक्त रमाइलो समूह । मानिसहरूले अनेकन कुरा बोल्दा के बाह्र बहत्तरको कुरा ग¥या होला भन्थे यो बहत्तर सालले पनि बाह्र बहत्तरै ग¥यो । भूकम्प बहत्तरको बाह्र पारेरै आयो, कहिले नाकाबन्दी, सुख्खापहिरो, दशै, तिहार मधेस बिहार, धम्की घुर्की, दान्डव नृत्य रुपी गाजाभाङ्ग शिवरात्री, बजार कालो ग्यास पाउने सालो, तेल पाउले सम्धी, ड्राईभरलाई हेल्मेट, सोलमारी खुल्ला तेलमारी बन्द, लकरमा गोली, सरकारमा ओली जे पनि भोलि के के हो के के । कम्पनको त्रासदी जारी सबैले हेर्ने आफ्नै प्यारी त्यैबेला आएका बेलायतका ह्यारी । चामलको ढुङ्गा चपाउन नसक्नेले जस्ता चपाए । कसैले बिरासतै धपाए । बाह्र बहत्तर मात्र हैन चौध चौहत्तरै भो यो साल त । जे होस के.पी.ओली सरको शासनमा गज्जबले खेलियो हेप्पी होली निर्धक्क छाती खोली । हेप्पी होली…. जे होला भोलि ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
न–याँ

न–याँ

ईरानराई
अपाङ्ग-दिवस

अपाङ्ग-दिवस

केशवराज आमोदी
0
Would love your thoughts, please comment.x
()
x