साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होली

Nepal Telecom ad

उनी बार्दलीमा उभिएर बाहिर हेर्दै थिए । जताततै होलीको उमङ्ग देखिन्थ्यो । श्रीमतीले भनिन्– फ्रिजमा मासु रै’नछ । तरकारी पनि सकिएछ । आज त झन् होली, मासु नभई भएन ।

अराउन–पठाउनका लागि कोही नभएकाले उनी आफैँ तयार भए । फेरि रोकिए– कसैले छेप्ने हुन् कि । कसैले रङ दलिदिने पो हुन् कि । अनुशासन कसैमा छैन । अनि फेरि सोचे– कसको हिम्मत ? कसैले छेपे–दले भने जान्या छु नि मैले पनि !

वास्तवमा मानिसहरू उनीसित डराउँथे । धक मान्थे किन कि उनी धाक देखाउँथे । सधैँ त गाडीबाट आउँथे । गाडीबाट जान्थे । आज होली । ठाउँठाउँमा डोरीले बाटो छेकेर पैसा माग्छन् । उनले सोचे र पैदलै निक्ले ।

देखे, जताततै होलीको धुमधाम छ । बाटामा रङ । दुकानमा रङ । टाउकामा रङ । मुखमा रङ । मान्छे रङ्गीन । मान्छेको मन रङ्गीन । कतै मादलको पकधुम ! कतै जोगिरा सररर … । जताततै उमङ्गै उमङ्ग । रङ्गै रङ । उनी बाहेक कोही चोखो छैन ।

उनी पसलसम्म पुगे । सामान किने । पैसा बुझाए र फर्के । पसलेका अनुहारमा पनि रङ थियो ।
अचम्म ! कसैले उनलाई छेपेन । कसैले उनलाई रङ लगाइ दिएन । अहिले भने उनले सारै बेमज्जा महसुस गरे ।
उनलाई बडो दुख लाग्यो कि यस्तो होलीमा पनि उनलाई कसैले छेपेन । कसैले रङ लगाइदिएन ! कसैले वास्तै गरेन ।
घर पुगेर एकाएक उनले श्रीमतीलाई रङ पोतिदिए । श्रीमतीले पनि उनलाई त्यसैगरी रङ पोतिदिइन् । अनि उनी रङ बोकेर निक्ले र भेटे जतिलाई रातो, पहेँलो, नीलो, हरियो, सेतो, रङ पोत्न थाले– बुरा नमानो होली है !!!

भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविजी

कविजी

डा. कपिल लामिछाने
सावित्री

सावित्री

डा. कपिल लामिछाने
जेनजीको छाता

जेनजीको छाता

डा. कपिल लामिछाने
समर्थनकाे ‘बदनाम आँचल’ : हास्य र व्यङ्ग्यको पुरिया

समर्थनकाे ‘बदनाम आँचल’ :...

डा. कपिल लामिछाने
डम्बर घिमिरे : मुक्तक, हास्य र व्यङ्ग्यको त्रिवेणी

डम्बर घिमिरे : मुक्तक,...

डा. कपिल लामिछाने
दाँत

दाँत

डा. कपिल लामिछाने
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
न–याँ

न–याँ

ईरानराई
अपाङ्ग-दिवस

अपाङ्ग-दिवस

केशवराज आमोदी
0
Would love your thoughts, please comment.x
()
x