साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परेवा र बाज

Nepal Telecom ad

पापीहरू पण्डित पो भएछन्
सोझा यहाँ दण्डित पो भएछन् ।
साँच्चै अनौठो छ यहाँ समाज
थुन्छन् परेवा नथुनेर बाज ।।

जे गर्नुपर्ने नहुने रहेछ
पाषाण दुख्दा नरुने रहेछ ।
आदर्श तर्सेर कसेछ टाप
थुन्छन् परेवा नथुनेर बाज ।।

गर्छन् सबै मानिस आत्मश्लाघा
राम्रो गरेर खोट कि पुग्छ बाधा ।
आफन्तले थाप्छ बढी धराप
थुन्छन् परेवा नथुनेर बाज ।।

ढाडेहरूको व्यभिचार चल्छ
साँढेहरूको अधिकार चल्छ ।
सामन्तको हट्न सकेन छाप
थुन्छन् परेवा नथुनेर बाज ।।

जाली फटाहा पथभ्रष्ट मान्छे
हुन्छन् यहाँका अधिकांश भान्छे ।
सेता लुगा लाउँछ गर्छ पाप
थुन्छन् परेवा नथुनेर बाज ।।

सुस्ता दुखोस् वा लिपुलेक हाम्रो
को भन्छ खै काम भयो नराम्रो ?
मान्दैन सत्ता कहिले नि लाज
थुन्छन् परेवा नथुनेर बाज ।।

हाम्रो छिमेकी घरभित्र आई
आफ्नो भन्यो गौतम बुद्धलाई ।
यो लुम्बिनी गर्छ सधैँ विलाप
थुन्छन् परेवा नथुनेर बाज ।।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x