चूडामणि रेग्मीबानी ऐजनै छ आहा !
१. सधैं भरि गम्भीरता ! सधैं ‘न’ कै फेरो
कस्तो देश समाज हँ र केही छैन झैं लौ !
२. बालुवा झैं भइ सक्यौं माटोसम्म छैनौं
के हुने लौ हाम्रो भरे ? कस्ता हामी भयौं !
३. ए वावा रे ! त्याग भन तपस्या नै भन
माझैँ मुख किन भन्छौ किन कमाएनौ ?
४. ‘कोको कहाँ पुगि सके ! यो मुले त यहीं’ !
यस्तै यस्ता कुरा गरी किन पछाडिन्छौ ?
५. राणा तन्त्र सकिएर कति तन्त्र स्वाहा !
तिम्रो हाम्रो रद्दी बानी ऐजनै छ आहा !
६. नराम्रो नै फिर्छ ! भयो ! राम्रो हरायो लौ !
ए बाबा रे बग्दो खोलो वग्छ ! फेल भयो ?
७. जत्ति वर्ष बिते पनि नयाँ मर्ने भयो !
जागृतिको चिहान नै पार्ने भए अहो !
८. रूढिबुढी नमासिने अझ बढ्ने भयो !
यो नेपालमा हार्ने मध्ये विज्ञान झन् भयो !
झर्रो नेपाली घर, चन्द्रगढी झापा
Subscribe
Login
0 Comments
Oldest






































