साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कथा सम्मान र पुरस्कार निराकर र पाण्डेलाई

Nepal Telecom ad

काठमाडौँ, १९ चैत । साहित्यिक पत्रकार सङ्घले कथाकार वनमाली निराकारलाई यस वर्षको ‘मैनाली कथा सम्मान’ प्रदान गरेको छ ।

कथा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा अर्का कथाकार नयनराज पाण्डेलाई ‘मैनाली कथा पुरस्कार’ प्रदान गरियो । पुरस्कारको राशि रु ५१ हजार र साथमा ताम्रपत्र छ । सो अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले नोपली साहित्यको उत्थानमा समर्पित व्यक्तित्वको राज्यबाटै सम्मान हुनुपर्नेमा जोड दिनुभयो ।

समीक्षक प्रा. खगेन्द्रप्रसाद लुइँटेल र प्रा राजेन्द्र सुवेदीले साहित्यको सिर्जना पाठक केन्द्रित भएमा स्रष्टा सफल हुने बताउनु भयो । कार्यक्रममा सङ्घका संयोजक राधेश्याम लेकालीद्वारा लिखित ‘समयका घोडाहरू’ शीर्षक मुक्तक सङ्ग्र्रह विमोचन गरिएको थियो । तीसको दशकको एक साल आजकै दिन बृहत् कथा गोष्ठी गरिएको सम्झनामा बर्सेनि कथा दिवस मनाइन्छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x