साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महाचोर सम्मान–२०७२

Nepal Telecom ad

जेलबाट छुट्टेका पूर्व चोरहरूले,
आफ्नो हकहितको गर्न संरक्षण,
चोरीकलाको गर्न प्रवर्धन
नवचोरहरूलाई दिन प्रशिक्षण,
‘पूर्व चोर संगठन’ को गरेका थिए गठन ।

संगठनको वार्षिकोत्सवको उपलक्ष्यमा
आयोजित भव्य समारोहमा
टेबुल कुर्सी टेण्ट माइक सबै थिए चोरीका ।
प्रमुखअतिथि पनि खोजी बनाइए
आफूमै मिल्ने जोडीका ।

देश विदेशका आगन्तुक चोरहरू
को कसैसँग कम शोभिएका थिए सबै चटक्क,
बसेका थिए छानी छानी कुर्सी थपक्क ।
विशाल भेलाका बीच कम्तिमा
पाँचपटक जेल परेका चोरहरूलाई
‘महाचोर सम्मान’ ससम्मान टक्र्याइयो,
खादा र माला लगाइयो,
दोशल्ला ओढाइयो,
भिडियो फोटो खिचाइयो
अभिनन्दन पत्र पढेर सुनाइयो
फुटेको ताल्चाको चाँदीको प्रतिकृति
उपहारस्वरुप सम्मानसँगै टक्र्याइयो ।

समारोहमा त सबै एकसे एक चोर
कसले कसको के फोर्ने– के नै निचोर्ने ।
तर समारोह स्थल बाहिर
भै नै हाल्यो जे थियो हुनु पर्ने ।
चोरी भैसकेका थिए आगन्तुक चोरहरूलाई
बाहिरै खोलाउन लगाइएका जुत्ता
हरे ! घर फर्किनु पर्यो सबैलाई नाङै खुट्टा ।

जब सबैतिरै छ गाईजात्रा नै गाईजात्रा,
मिलाएर हास्यव्यङ्ग्यको ठिकठिक मात्रा
ल हजुरहरूका लागि लेखी सिध्याएँ आजै यो
‘महाचोर सम्मान–२०७२’ को नियात्रा ।

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यो पनि त थियो जिन्दगी

त्यो पनि त थियो...

लक्ष्मण नेवटिया
मगजको गन्थन-मन्थन

मगजको गन्थन-मन्थन

लक्ष्मण नेवटिया
समयको सर्कस

समयको सर्कस

लक्ष्मण नेवटिया
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
म हुँ अक्षरको किसान

म हुँ अक्षरको किसान

लक्ष्मण नेवटिया
हे सुन ! कुरा सुन !!

हे सुन ! कुरा...

लक्ष्मण नेवटिया
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x