साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुस्याहा कुकुर

Nepal Telecom ad

कवाडीलाई देख्यो कि
आफ्नो बच्चा चोर्न
आएको हो झैं भुक्छ
अली बलियो बाङ्गोलाई देख्यो भने
पुच्छर सेप्दै लुक्छ
दिनभर के मासु पसल
के भट्टी पसल ढुक्छ
पायो भने खायो
नत्र नभए पनि पुग्छ ।

गल्ली गल्लीमा अखडा छ
फलेका छन् फुलेका छन्
गोब्र्याउँदै तुर्क्याउँदै
जहाँ तहा डुलेका छन्
ढाक्रे झैं थाकेर
चोर आउँदा पनि उड्दैनन्
मान्छेको सिको गरेर
कार्तिक पनि कुर्दैनन् ।

नगरपालिकाले पनि
न यिनलाई यतै पाल्छ
न कतै लगि फाल्छ
न चोर डाँकालाई जस्तै
जेल लगेर हाल्छ
बगानमा होस् कि पार्कमा
भुस्याहा कुकुर फालाफाल छ ।

भोट बैंक भएको भए
पार्टीका भरमा हुन्थे
नोट बैंक भएको भए
मान्छेका घरमा हुन्थे
न काटी कान हुने
न साटी खान हुने
न बाँडी खान हुने
न चाटी खान हुने
न यिनलाई जोत्न मिल्ने
न यिनको गोबरले पोत्न मिल्ने
सब कुरामा यि बेकाम छन्
त्यसैले होला भुस्याहा कुकुर
खाली नामले बदनाम छन् ।

कतै कतै सुनिन्छ
भुस्याहा कुकुर अचेल काम लाग्दैछन् अरे
होटेल रेस्टुराँमा मम सेकुवासँग पाक्दैछन् अरे ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
बाको श्राद्ध

बाको श्राद्ध

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x