साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्यामप्रसादलाई अभिनन्दन गरिने

Nepal Telecom ad

काठमाडौँ, २४ चैत । प्रगतिशील लेखक सङ्घका संस्थापक अध्यक्ष श्यामप्रसादको राष्ट्रिय अभिनन्दन आगामी वर्ष वैशाख २९ गते हुने भएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र सदस्यसचिव डा जीवेन्द्रदेव गिरीको उपस्थितिमा श्यामप्रसाद राष्ट्रिय अभिनन्दन मूल समितिका अध्यक्ष राम विनयको अध्यक्षतामा आज यहाँ बसेको दोस्रो बैठकले अभिनन्दनका साथै उहाँको स्वास्थ्योपचार र अभिनन्दन कृति तथा उहाँका विभिन्न पुुस्तकलाई खण्डखण्ड गरी पुनःप्रकाशन गर्ने निर्णय पनि गरेको छ । श्यामप्रसाद प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य पनि हुनुुहुन्छ ।

अभिनन्दनका लागि अर्थ सङ्कलन, प्रचारप्रसार, ग्रन्थ प्रकाशन र स्वास्थ्योपचार उपसमितिमा क्रमशः वासुदेव अधिकारी, श्रीओम रोदन, जगत् प्रेक्षित र वाचस्पति देवकोटा रहनुभएको छ । मूल समिति हाल १५१ सदस्यीय रहे पनि त्यसलाई विस्तार गरिने जनाइएको छ ।

विसं २००९ मा श्यामप्रसाद र केही साथीको पहलमा वीरगन्जमा सङ्घको गठन गरिएको थियो । उहाँका निबन्ध, दैनिकी, गीत, कविता, बालसाहित्य तथा धर्म, अर्थ, अनुवाद आदि गरी ५७ कृति प्रकाशित छन् । उहाँका ‘तँ’, ‘तिमी’, ‘तपाईँ’, ‘हजुर’ निबन्ध सङ्ग्रह, ‘बहिनीलाई चिट्ठी’, ‘थुनुवाको डायरी’, ‘मेरी आमा’ कृति प्रसिद्ध छन् । अहिले स्थानीय हात्तीसारमा बस्दैआउनुभएका उहाँलाई नसासम्बन्धी रोगबाट पीडित हुनुहुन्छ । उहाँको जन्म विसं १९८६ असार ६ गते मकवानपुर, मन्थली, सोलीथुममा भएको हो ।

बैठकमा समितिका सहसंयोजक हेमनाथ पौडेल र सदस्यसचिव डा देवी नेपालले अभिनन्दन सफल पार्न विभिन्न संस्थाहरूलाई पनि आह्वान गरिने बताउनुभयो । श्यामप्रसादमाथि प्रा धर्मराज अधिकारीले विद्यावारिधि तथा डिल्ली पाण्डेलगायतले शोध गरिसक्नुभएको छ भने नरनाथ लुइँटेलले विशेष अध्ययन अनुसन्धान र प्रकाशन तथा ‘नागार्जुन’ साहित्यिक पत्रिकाले विशेषाङ्क निकालिसकेका छन् ।
–रासस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x