सुलसुलेपुस्तक लोकार्पण र कवि गोष्ठी
अभिनव साहित्य समाजद्वारा २०७२।१२।२७ गते १७० औँ काव्य शृङ्खला अन्तर्गत विशेष कवि गोष्ठीको आयोजना गर्यो । गाष्ठीमा वेदमणि घिमिरे गोविन्दद्वारा रचित गीति खण्डकाव्य ‘लीला–ललित’को लोकार्पण गरिएको छ ।
प्राज्ञ तथा प्रा डा. श्री विष्णुराज आत्रेयको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपस्थित करिव १०० मध्ये ३७ जना कवि कवयित्रीहरूले काव्य वाचनमा सहभागिता जनाएका थिए । सहभागी कविहरू मध्ये आभा खतिवडा, सुनिता, राधिका अधिकारी, रेहान खान, जनार्दन अधिकारी र सुमन कालेलाई प्रोत्साहित पुरस्कार प्रदान गरिएको थियो ।
अन्य सहभागिहरूमा मेनका, डा.शेषराज, घनश्याम, विमल अर्याल, रत्ननिधि, विशाल खड्का, गीता, कुसुम, राजेन्द्र श्रेष्ठ, उदास, ईश्वर, नवराज स्मीत, विराज मगर, अभागी, पागल,रामकुमार, बुद्धरन्त, गणेश प्र. खतिवडा, दीप मेहर, विज्ञान प्रविद, रचना रचु, पृथक दहाल,, गफाडी, द्वारिका, विजय, ब्रह्मप्रिय, शान्ति, भावुक, मञ्जुश्री, निर्मल पराजुली आदि हुनुहुन्थ्यो ।
अतिथि शीतल गिरीले लोकार्पित पुस्तक बारे प्रकाश पार्नुभएको थियो । घनश्यामले स्वागत, वेदमणि घिमिरेले समीक्षा र शारदा पराजुलीले उद्घोषण गर्नुभएको सो कार्यक्रम समाजका निर्वतमान कोषाध्यक्ष श्री बाजुरामको सभापतित्वमा भएको थियो ।
Subscribe
Login
0 Comments
Oldest











































