साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हो आमा !

Nepal Telecom ad

सुन्थ्यौ आमा दिनहुँ घरका दुःखका ती बिलौना
यौटा अर्को नियमित गरी खेल हत्या घिनौना
भोग्थ्यौ आफैँ पनि हृदयका वेदनायुक्त पीडा
साँच्चै आमा मुलुकभरका दुःखका उग्र क्रीडा ।।

यौटै बेला अतिशय गरी कम्पका दृश्य हेर्दा
नाकाबन्दीपछि मनुजका भोकतिर्खा निहार्दा
कस्तो होला क्षण कहरको कल्पना गर्न गाह्रो
आमा तिम्रो वदन सबमा हर्ष सङ्घर्ष साह्रो ।।

नाकाबन्दी कति दिन सही व्यक्तिले प्राण धान्दा
भन्थ्यौ आफू समय सहजै मिल्छ है काम जान्दा
लामो पीडा जहरसरि नै व्यर्थमा खप्नुपर्दा
भन्थ्यौ आमा अझ पनि यहाँ दुःखका छन् पुलिन्दा ।।

उर्ल्यो अर्को विधि मुलुकमा व्याप्त कालो बजारी
निक्कै चर्को पतित पथमा स्वप्न मात्रै हजारी
आफ्नै नेता नजिक कतिको मित्रता झन् रमायो
आमा तिम्रै शरण जनता दुःख उस्तै कमायो ।।

कोही नेता कमसल भए योजना शून्य मात्र
केही मात्रै दिनहुँ गफमा व्यस्त मानौँ कुपात्र
कोही ईर्ष्यावश मुलुकमा कर्म रोक्नै हतारो
हेर्छ््यौ आमा अझ पनि यहाँ आफूभित्रै तगारो ।।

होलान् तिम्रा हृदय तलमा वेदनाका तरेली
छोलान् मानौँ गगन तल नै माथि चढ्दै हबेली
दुःखी बन्दै तर पनि कतै आस भित्रै लुकाई
साँच्चै राख्छ्यौ मुलुकहितकै प्रेरणा स्रोतलाई ।।

अज्ञानी छन् अबुझ अझ छन् चेतनाहीन नै छन्
नेपाली छन् सुख सयल कहाँ दीन या हीन नै छन्
भन्दै आमा नयन तलका आँसु तिम्रा सुकेनन्
दैवीभन्दा मनुज मनका दुष्टता झन् लुकेनन् ! ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x