साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छन्दका तिन टुक्रा

Nepal Telecom ad

१. जसको लठ्ठी उसको भैँसी
ताला डम्म विवेकमा हृदयका ढोका सबै बन्द छन्
बोलीका व्यवहारका लयहरू सम्पूर्ण बेछन्द छन्
के आयो अनपामरी चलन यो अस्तित्व नै सिद्धिने
लठ्ठी बोक्तछ जो दरो किसिमको भैँसी उसैको हुने !

२. सत्यको सातो
जो सन्देश थियो अतीततिरको हेर्दै नहेरे भयो
सम्झायो इतिहासले जुन कुरा टेर्दै नटेरे भयो
प्राणीका हितको छ चिन्तन कहाँ सोध्दै नसोधे भयो
सातो उड्दछ सत्यको जब सधैँ के मात्र सद्दे रह्यो ?

३. अर्थहीन वाणी
हेरी दूर भविष्यतर्फ सपना देख्दै नदेखे भयो
पोखी भाव नयाँ सुरम्य कविता लेख्दै नलेखे भयो
मान्छेभित्र मनुष्यता जति थियो खोल्दै नखोले भयो
वाणी छन् जब अर्थहीन अधुरा बोल्दै नबोले भयो !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा

आमा

प्रल्हाद पोखरेल
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
शहीदकाे सम्झना

शहीदकाे सम्झना

प्रल्हाद पोखरेल
आँखा

आँखा

प्रल्हाद पोखरेल
साहित्य – सञ्जीवनी

साहित्य – सञ्जीवनी

प्रल्हाद पोखरेल
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x