साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘खै-खै’ बाट पिरोलिएका निबन्धकार पिँडाली

रल, सहज तथा सरस भाषाको प्रयोग गरी चाखलाग्दो शैलीमा लेखिएको र कथातत्त्वको सूक्ष्म तन्तु समेत समावेश गरिएको ‘खै-खै’ निबन्धले पाठकको मनलाई सजिलैसित आफूतिर तान्ने क्षमता राखेको छ ।

Nepal Telecom ad

प्रह्लाद पोखरेल :

आधुनिक नेपाली साहित्यका केही शिखर-पुरुषहरूमध्ये परैबाट टड्कारो देखिने एउटा शिखर-पुरुष केशवराज पिँडाली पनि हुन् । नेपाली साहित्यका सबभन्दा अग्ला निबन्धकार लक्ष्मीप्रसाद देवकोटाको बहुमुखी विराटता र शैली एवं प्रस्तुतिका दृष्टिकोणले अत्यन्त प्रभावशाली निबन्ध- पुरुष शङ्कर लामिछानेले नेतृत्व गरेको नेपाली निबन्ध साहित्यमा विभिन्न फाँटहरू छन् । ती फाँटहरूमध्ये हास्यव्यङ्ग्य निबन्ध फाँटमा दुईटा ठूला निबन्धहरू ठडिएका छन् । ती दुई शिखरलाई ठड्याउने परिश्रमी व्यक्तित्व हुन्- भैरव अर्याल र केशवराज पिँडाली ।

धादिङ जिल्लाको पिँडा नामक गाउँ आफ्नो पैत्रिक बलो हुने केशवराज लामिछाने काठमाडौंलाई आफ्नो कर्मथलो बनाएर सम्पादक एवं पत्रकारिता व्यवसायसँगै साहित्यमा कलम चलाउन थालेपछि पत्रिक थलोको सम्झनालाई सधैँ जीवन्त राख्न केशवराज पिँडाली बनेका हुन् । आफ्नाे प्रभावशाली कलमलाई लामो अवधिसम्म सक्रियताकासाथ चलाइरहने पिँडाली पहिलेको वयोवृद्ध अवस्थामा पनि वर्तमानका हामी कुनै पनि युवाभन्दा कम सक्रिय देखिँदैनन् । लेखन, सम्पादन र पत्रकारिता क्षेत्रको आफ्नाे संलग्नतालाई जीवनभर निरन्तरता प्रदान गरिरहने अथक साधकको रूपमा हामीले पिँडालीलाई चिनेका छौँ ।

प्रस्तुत लघुरचनाको अभीष्ट विषय हास्पव्यङ्ग्य निबन्ध फाँटका यिनै शिखर-पुरुष केशवराज पिँडालीको सर्वाधिक चर्चित तिबन्ध ‘खै-खै’ का वरिपरि फन्को मार्नु मात्र भएकोले पाठकहरूको ध्यानलाई ‘खै-खै’ तर्फ केन्द्रित गराउने अनुमति चाहन्छु ।

चुरोट-बिँडी सल्काएर स्वाद मानीमानी धुँवा उडाउने रमाइलो बानीबाट म ठगिएको हुँदा ‘खै-खै’ गर्नेहरूसँग मेरो प्रत्यक्ष शारीरिक सम्पर्क छैन । तर, जब बसको भीडमा कोचिएका बेला छेउमा बस्ने ‘खै-खै’ कर्ताहरूले मजासँग चुरोट सल्काउँछन् र लामो सर्को तानेर मुखभरिको धुँवा ओकल्छन् त्यो दर्दनाक पीडाले पिरोलिएको, क्षणमा निकै समय अगाडि पढेको ‘खै-खै’ निबन्धका जनक पिँडालीलाई म बरोबर सम्झन्छु । ‘खै-खै’ गर्नेहरूका सन्तान दरसन्तान र बाजे-बराजुहरूको स्वच्छन्द क्रियाकलापबाट चुरोट-बिँडीको सर्कोकाे कुनै प्रत्यक्ष स्वाद नपाएको म त यसको पीडित भएको छ भने आफैँ चुरोटको लत छोड्न नसक्ने यस निबन्धका प्रथमपुरुष पात्र पिँडाली कति पिरोलिएका होलान्, भन्ने सहानुभूतिजन्य भावनाले घच्चच्याएको कारणले नै आज मैले ‘खै-खै’ निबन्धको वरिपरि प्रदक्षिणा गर्ने जमर्को गरेको हुँ ।

‘खै-खै’ २० वटा निबन्धहरूको सङ्ग्रहका रूपमा २०१६ सालमा प्रमाणित ‘खै-खै’ नामक निबन्ध सङ्गालोभित्रको एउटा भाग्यमानी निबन्ध हो । भाग्यमानी यस अर्थमा कि पिँडालीका निबन्धहरूमध्ये सम्भवतः सर्वाधिक चर्चित हुने र निबन्ध सङ्गालोका टाउको वा शीर्षकको रूपमा शोभायमान हुने सौभाग्य पनि यसले पाएको छ । आफ्ना निबन्धहरूमा कथातत्वको मूल तन्तु समेत छोड्ने पिँडालीका निबन्धहरू अन्य निबन्धकारका निबन्धहरूभन्दा केही भिन्न स्वरुपका देखिन्छन् । ‘खै-खै’ पनि कथातत्त्व पाइने कोटिको महत्वपूर्ण निबन्ध हो ।

अर्कासँग मागेर चुरोटमा चुरोट जुधाई सल्काउने एउटा मामुली नेपाली बानीका विविध पक्षहरूलाई सूक्ष्म रूपमा केलाउँदै रोचकतासाथ प्रस्तुत गरिएको ‘खै-खै’ निबन्धको विषयवस्तु संक्षेपमा यस प्रकार छ-

चुरोट खानु असल होइन भन्ने जान्दा जान्दै पनि २५ प्रतिशत आम्दानी खर्च गरेर निबन्धको प्रथम पुरुष पात्र चुरोट खाइरहेको छ । चुरोट किनिहाले पनि सलाई नकिनी ‘खै-खै’ गरेर चुरोट सल्काउने बानी भएका व्यक्तिहरूद्वारा निबन्धको ‘म’ पात्र पीडित भएको छ । चुरोट सल्काउन दिँदा आफ्नो चुरोट नोक्सान हुने कुराको चर्चा गर्दै ख्याउटे वनस्पति नेतासँग चुरोटको तुलना गरिएको छ । निभ्न लागेको चुरोटलाई धुँवा आउने पार्न आफूले गर्नु पर्ने प्रयत्नको चित्रण गर्दै चुरोट र मान्छेको सादृश्य देखाइएको छ । चुरोट सल्काउनै नदिँदा थप्पड खानु पर्ने जस्तो अप्रिय घटना घट्ने गरेका कुराको उल्लेख भएको छ । असल चुरोट भए सल्काउन खै-खै गर्नेहरूले लामो सर्को तानेर आधा पारिदिने कुराको उल्लेख गर्दै चुरोट सल्काउन दिँदै हिड्नुपर्दा एक मिनेटको बाटोमा बीस मिनेट समय खर्च हुने तर सडकमा नखाऊँ भन्यो भने झन् खाऊँ खाऊँ लाग्ने भएकोले चुरोटको लत छुटाउन निबन्धको पात्र असमर्थ भएको छ । चुरोट बजारमा नपाउँदा हुने खट्पटी र बढी दाम पर्दा पनि किन्नै पर्ने छट्पटीको वर्णन गर्दै साइकल चढेर हिँड्दा पनि खै-खै गर्नेहरूबाट मुक्ति पाउन नसकी निबन्धको पात्र पिरोलिएको छ ।

यस निबन्धमा खै-खै गरेर काम चलाउने किसिमको परनिर्भरताको नराम्रो प्रवृत्तिलाई छोडेर आत्मनिर्भर हुन प्रयत्न गर्नु पर्छ भन्ने सुधारात्मक सन्देश व्यक्त गरिएको पाइन्छ । अर्कासँग मागेर काम चलाउने हाम्रो समाजको नराम्रो बानीलाई उछित्तो काड्ने गरी व्यङ्ग्य गरिएको यो निबन्ध नेपाली हास्यव्यङ्ग्य निबन्धहरू मध्ये एक उत्कृष्ट नमूना बनेको छ । सरल, सहज तथा सरस भाषाको प्रयोग गरी चाखलाग्दो शैलीमा लेखिएको र कथातत्त्वको सूक्ष्म तन्तु समेत समावेश गरिएको ‘खै-खै’ निबन्धले पाठकको मनलाई सजिलैसित आफूतिर तान्ने क्षमता राखेको छ । आफ्नो लेखकीय जीवनको उत्तरार्द्धमा निबन्धकार पिँडालीका रचनाहरूमा देखिने सामाजिक अव्यवस्थाप्रतिको विशुद्ध व्यङ्ग्यमात्र नभई ‘अहम्’ बोलेका निजी गुनासाहरू बढी पाइने दुर्वलताबाट यो निबन्ध पूर्णत: मुक्त रहेको पाइनु पनि यसको एक विशेषता हो । यस सन्दर्भमा सफल र प्रभावशाली रचनाको रूपमा रहेको ‘खै-खै’ निबन्धलाई कतिपय समालोचकहरूले पिँडालीको सर्वश्रेष्ठ रचनाको रूपमा चर्चा गर्नु असान्दर्भिक र अनुचित देखिँदैन ।

अन्त्यमा, खै-खै गर्नेहरूको निर्लज्ज सार्वजनिक व्यवहारबाट पीडित पात्र पिँडालीप्रति सहानुभूति जनाउनुका साथसाथ उनीहरूको स्वच्छन्दतावादी प्रजातान्त्रिक आचरणबाट आफूलाई पर्न गएको पिरोलो समेत व्यक्त गर्दै थालिएको सो ‘खै-खै’ प्रदक्षिणा अहिलेलाई यत्तिमै टुङ्ग्याउन चाहन्छु ।

०००
‘उन्नयन’ १३, केशवराज पिँडाली विशेषाङ्क (२०५०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
शहीदकाे सम्झना

शहीदकाे सम्झना

प्रल्हाद पोखरेल
आँखा

आँखा

प्रल्हाद पोखरेल
साहित्य – सञ्जीवनी

साहित्य – सञ्जीवनी

प्रल्हाद पोखरेल
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
पृथ्वीलाई चिठी

पृथ्वीलाई चिठी

प्रल्हाद पोखरेल
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x