साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो नयाँ वर्षले

Nepal Telecom ad

हर्दै दुख र कष्ट जाउँ जन हो हामी नयाँ सालमा
आँखामा सबका खुसी रहिरहुन् आएर नेपालमा
पावस् ठाउँ हरेक वर्षहरूमा त्यो उच्च निष्कर्षले
हुन् सारा अनि लक्ष्य पुर्ण मनका हाम्रो नयाँ बर्षले ।
.
भागोस् कष्ट र शोक त्रास अब लौ काटेर डाँडा पर
छावस् हर्ष सदैब उच्च गतिले फालेर हाम्रो डर
मौलावस् अनि जिन्दगी समयमै भेटेर संघर्षले
हाँसोस् जीवन फूल झैं अब यहाँ हाम्रो नयाँ वर्षले ।
.
आँखामा अब साहसै बसिरहुन् पीडा हटाई पर
बन्नेछन् तब पुष्प झै अति खुसी हामी सबैका घर
डेरा त्यो मनमा गएर सबको बस्ने छ है हर्षले
मासी लान्छ सहर्ष पीर अनि लौ हाम्रो नयाँ वर्षले ।
.
भेटिन्छन् अब शान्ति यो मुलुकमा खोज्दै निकालेपछि
बस्नेछन् सुन मात्र आँट दिलमा सन्त्रास ढालेपछि
बन्नेछौँ सब एक सज्जन अहो नौलो परामर्शले
थप्दै आश अनेक जान्छ जन हो हाम्रो नयाँ वर्षले ।

भोजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जमाना

जमाना

सुनिता सापकोटा
हिजोभन्दा देश कति फरक

हिजोभन्दा देश कति फरक

सुनिता सापकोटा
बजेट

बजेट

सुनिता सापकोटा
बहुमतको जीत हुँदैन 

बहुमतको जीत हुँदैन 

सुनिता सापकोटा
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x