साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नव वर्ष

Nepal Telecom ad

विवेकहरूको
भग्नावशेषमा छु
मात्र स्मरण फुल्छ र घोचिन्छ,
त्यहाँ सपना नै कहाँ जन्मन्छ ?
भो कल्पना नजगाऊ !
अश्रुधार भो जिन्दगी
सिंचाई पारी बगिरहेको पीडामा,
हो, बगैँचाको सपनामा
अब म रम्दिन ।
दुर्गन्धसँग बग्नै पर्ने
बाध्यता
म अब भएको छु ।
ब्रम्हाण्ड जोड्ने लक्ष !
तँ नआइज !
आँधी, डढेलोको बोलवालामा छु
बहार नै यहाँ
कहाँ देखिन्छ र
त्यो सपनामा जस्तै ।
हुँ चेतना
थोत्रे घडी जस्तै
क्षितिज बन्न चाहन्न ।
झुल्कने छैन
घाम
मेरो निधारमा अब
बिहानी नै खरानी भइरहेको
यो बेलामा ।
नव वर्ष !
तिम्रो आत्मियता
आज स्वीकार्दिन ।
घाउ आलै छ
गत वर्षले दिएको ।
सायद यी पुरिने छैन !
हो आँसुमा
तिमी चम्किने छैनौ ।
हाँसोमा म चम्किने छैन ।
गर्व, लालित्य
परस्पर दुश्मन भइरहेको
यो बेलामा ।
हो म भन्न चाहन्न
तैपनि भनी हाल्छु
किनकि
यो असह्य पीडा
मलाई ब्युँझाई रहन्छ
त्यो शकुनीको पासाले झैँ,
कतै फेरि पनि
मेरो धरतीको चीर हरण त
हुन गइरहेको छैन ! ?

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रङ

रङ

प्रदीपरत्न शाक्य
सुन्दरी

सुन्दरी

प्रदीपरत्न शाक्य
नयाँ सडक

नयाँ सडक

प्रदीपरत्न शाक्य
स्वर्गमा दैत्य

स्वर्गमा दैत्य

प्रदीपरत्न शाक्य
बन्दुकहरू

बन्दुकहरू

प्रदीपरत्न शाक्य
क्रान्ति

क्रान्ति

प्रदीपरत्न शाक्य
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x