प्रेम ओली ढकलपुरेखाली हात आको छु
परार श्रीमतीलाई तिलरी
ल्याइदिन्छु भनेको सकिन
पोहर छोरीलाई बाइक
ल्याइदिन्छु भनेको सकिन
यसपाली पनि छोरोलाई ल्यापटप
ल्याइदिन्छु भनेको थेँ
म त खाली हात पो आको छु
सर्वहारा नेताले जस्तो गफ मात्र लाको छु ।
परार पनि बैंकलाई
ऋण तिरी दिन्छु भनेको थेँ सकिन
पोहर पनि
सरुवा र बढुवा हेरिदिन्छु भनेको थेँ
त्यो पनि सकिन
यसपाली पनि क्यै नगरि पो आको छु
बर्गहारा नेता जस्तो गफ मात्र लाको छु ।
छ महिना भयो
ग्यास दिन्छु दिन्छु भनेको
एक वर्ष भयो भूकम्प पीडितलाई
क्यास दिन्छु दिन्छु भनेको
त्यो पनि त्यस्तै भयो
यसपाली पनि
पेट्रोल डिजेल नल्याइ हल्लिदै आको छु
खै के भो के भो
म त ठ्याक्क नेपाली नेता पो भाको छु ।
आउनै अल्छी लागेको बेला
समयले पछार्दै ल्याउँछ
जाउँ कि नजाउँ भनेको बेला
कालले झन लछार्दै ल्याउँछ
त्यसैले
यसपाली पनि
लखर लखर गर्दै खाली हात आको छु
अरु ल्याउन नसके पनि
शुभकामनाका दुई शब्द ल्याको छु
अरु गर्न नसके पनि
डाँडामा पिकनिक गरांैला
त्यो पनि सकिएन भने
घरमै भोज गरौंला
एक दिन भए पनि ऋण काडेर
सँगै मोज गरौंला ।
दाङ, हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































