साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अवाक् नववर्ष

Nepal Telecom ad

होला याम नयाँ भनेर पहिले आशा गरेथेँ जति
छोला जीवन मूल्यको प्रगतिले बाचा गरेथेँ अति
उड्दै चुम्न सकूँ भनेर मनले जे जे बुनेथेँ नयाँ
खै ! त्यस्ता उपलब्धिका क्षणहरू छैनन् सजेका यहाँ ।।

सोचेथेँ यस वर्ष भव्यसितले गर्नेछु कार्यान्वय
नेपाली नव संविधान सहजै पार्नेछु झैँ चिन्मय
साराका मनभित्र भित्र रसिलो भर्दै नयाँ चिन्तन
यौटै मूल बनेर निर्झर सुधा छर्दै सुखी जीवन ।।

सोचेथेँ अब देशका प्रगतिका खोली नयाँ द्वार ती
सानो सुन्दर स्वर्गझैँ मुलुकको गर्नेछु है उन्नति
बाँकी चिन्तन जे थिए तर सँगै भूकम्पले बिर्सिएँ
हल्लाएर थथर्किँदा दिनदिनै अत्यासमै पिल्सिएँ ।।

मेरो काँध थियो बनेर दरिलो टेवा भरोसा दिने
दुःखी जीवनका व्यथा मलमले हर्दै अडेसा दिने
सोचेथेँ त्यसमा म साथ बनिँदै जुट्दै रहूँ बेसरी
बिर्साई सब दुःखका क्षणहरू आभा छरूँ केसरी ।।

देखेथेँ सहसा लुकेर कतिले कालो बजारी गरे
मान्छेकै मन हो तथापि धनले कालो भकारी भरे
लुच्चो मानवको स्वरूप दुनियाँ देखेँ जहाँ सामुमै
सोचेथेँ सब रोक्छु ठोक्छु तिनको कुकृत्यका ठाउँमै ।।

सोच्दै वर्ष सुटुक्क झट्ट सकियो के पो गरेँ के भनूँ
के मान्छे अधिकारप्राप्त बनिएँ पर्दैन खै के भनूँ
मैले गर्नु थियो यहाँ जति कुरा गर्नेछु भन्दै गएँ
अर्को त्यो नव वर्ष लाग्छ अब के बोल्नै नसक्ने भएँ ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x