साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अस्वीकृत विचार साहित्य पुरस्कार प्रदान

Nepal Telecom ad

काठमाडौं, वैशाख ११ । प्रा.डा. कविताराम श्रेष्ठद्वारा आफ्नो लेखकस्वबाट स्थापित अस्वीकृत विचार साहित्य पुरस्कार र कविताराम बालसाहित्य प्रवर्धन अनुष्ठान सम्मान र कदर पत्र विभिन्न साहित्यकार, संघसंस्थाहरू र व्यक्तित्वहरूलाई समारोहबीच प्रदान गरियो ।

विगत आठ वर्षदेखि वितरण हुन नसकेको यो पुरस्कार कार्यक्रममा यसै वर्ष वि.सं. २०६६ देखि २०७३ सम्मका प्रतिभाहरूलाई पुरस्कृत र सम्मानित गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि सत्यमोहन जोशीले खादा ओढाएर ताम्रपत्र र नगद रकम हस्तान्तरण गरी विभिन्न प्रतिभाहरूलाई पुरस्कृत र सम्मानित गर्नुभएको थियो ।

अस्वीकृत विचार साहित्य पुरस्कार गुठीका अध्यक्ष श्री नगेन्द्र शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थापक प्रा.डा. कविताराम श्रेष्ठ बालमञ्च नेपालका अध्यक्ष श्री नवराज अधिकारीले दोसल्ला ओढाएर प्रतिभाहरूलाई सम्मान गर्नुभएको थियो । साथै उक्त समारोहमा कविताराम श्रेष्ठका पिताजीको नाममा स्थापित नन्द दलित तथा जनजाति छात्रवृत्तिका लागि चेक रकम ओखलढुंगास्थित विद्योदय बहमुखी सहकारी लि. का अध्यक्ष श्री भीमप्रसाद श्रेष्ठलाई रु. ८० हजारको चेक पनि हस्तान्तरण गरिएको थियो । अब उक्त कोष १ लाखको भएको संस्थापक श्रेष्ठले जानकारी गराउनु भएको छ ।

घन्ट बजाएर उद्घाटन गरिएको यस कार्यक्रममा अस्वीकृत विचार साहित्य पुरस्कार प्राप्त गर्ने लेखकहरूलाई नगद रु. १२ हजार र कविताराम बालसाहित्य प्रवर्धन सम्मानबाट सम्मानित बालसाहित्य सर्जकहरूलाई नगद रु. ५ हजारसहित ३७ जना लेखकहरूलाई पुरस्कृत र सम्मानित गरिएको थियो ।

सम्मानित र पुरस्कृतहरूको सम्पूर्ण विवरण यसप्रकार रहेको छ ः
अस्वीकृत विचार साहित्य सम्मानबाट सम्मानित हुनुहुने,
श्री श्याम तमोट, ०६६ (गाउँगाउँबाट उठ… कालजयी गीतका रचयिता)
श्री बमबहादुर थापा जिताली, ०६७ (जहाँ छन् बुद्धका आँखा… कालजयी गीतका रचयिता)
श्री पदम सुन्दास, ०६८ (सीमान्तकृत समुदायमा साहित्य जागरणमा विशेष योगदान)
श्री दुर्गालाल श्रेष्ठ, ०६९ (फूलको आँखामा… कालजयी गीतका रचयिता)
श्री केदार शाक्य, ०७२ (नेपाली भााषामा बौद्धसाहित्यको विकासमा विशेष योगदान)

अस्वीकृत तारा उपाधि प्राप्त गर्नुहुने कवि
श्री मणि काफ्ले, ०७२ (जनआन्दोलनमा जागरण कवितामार्फत् विशेष योगदान दिने कवि)
अस्वीकृत विचार साहित्य पुरस्कारबाट पुरस्कृत हुनुहुने,
(जनही नगद रु. १२ हजारसहित पुरस्कृत हुने)
श्री विक्रममणि त्रिपाठी, ०६७, अवधी भाषा साहित्यको विकासमा योगदान
श्री कृष्णराज सर्वहारी, ०६८ थारु भाषा साहित्यको विकासमा योगदान
श्री गोपाल ठाकुर, ०६९ मैथिली भाषा साहित्यको विकासमा योगदान
श्री सुरेश किरण, ०७०, नेपाल भाषा साहित्यको विकासमा योगदान
श्री देश सुब्बा, ०७१ (हङकङ) प्रतिनिधि राजेन्द्र सुब्बा, भयवाद सिद्धान्तको प्रतिपादन र नेपाली साहित्यको विश्वव्यापीकरणका लागि
श्री रक्ष राई, ०७२ (बेलायत) डायस्पोरामा नेपाली साहित्यको विकासमा योगदान
श्री चन्द्र गुरुङ, ०७३ (बहराइन) डायस्पोरामा नेपाली साहित्यको विकासमा योगदान

कविताराम बालसाहित्य प्रवर्धन अनुष्ठान, बालमञ्च नेपालबाट सम्मानितहरू
(जनही नगद रु. ५ हजारसहित पुरस्कृत हुने)
श्री परशु प्रधान, ०६६
श्रीमती कल्पना प्रधान, ०६७
श्री के. के. कर्माचार्य, ०६८
श्री वासुदेव मुनाल, ०६९
श्री विजय चालिसे, ०७०
श्री कृष्णप्रसाद दुवाल, ०७१
श्री तेजप्रकाश श्रेष्ठ, ०७२
श्री ध्रुव घिमिरे, ०७३

श्री कविताराम बालसाहित्य प्रवर्धन अनुष्ठान, बालमञ्च नेपालबाट कदर पत्र प्राप्त गर्ने विशिष्ट संस्थाहरू
श्री जगत् सुन्दर बोने गुठी, ०६६
श्री महाङ्काल मावि, ०६७
श्री रातो बङ्गला किताब, ०६८
श्री एकता प्रकाशन, ०६९
ऐरावती प्रकाशन, ०७० (निर्देशक श्री रामदेव पाण्डे)
श्री बालोद्यान बालपत्रिका, पनौती, काभ्रे, ०७१ (सम्पादक प्रकाशक श्री सूर्यप्रसाद लाकोजू)
श्री इलोहँ पत्रिका, ०७२ (सम्पादक निर्देशक श्री नरेशवीर शाक्य)
श्री अक्षयज्ञान बालपत्रिका, ०७३ (सम्पादक श्री शेखुशङ्कर कोइराला)

कविताराम बालसाहित्य प्रवर्धन अनुष्ठान, बालमञ्च नेपालबाट बालसाहित्य प्रतिभास्वरुप कदर पत्र प्राप्त गर्ने बालबालिकाहरू
श्री भिक्टर सापकोटा, २०६६
श्री अपूर्व न्यौपाने, २०६७
सुश्री सरिता अधिकारी, ०६८
सुश्री अनिशा खड्का, ०६९
सुश्री सरिता अर्याल, ०७०
श्री सुशान्तमान सिंह मास्के, ०७१
सुश्री ज्वाला ढकाल, ०७२
सुश्री विज्ञता कार्की, ०७३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x