साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुस्तक लोकार्पण र कवि गोष्ठी

Nepal Telecom ad

काठमाडौं, बैशाख ११ । घुम्ती कवि गोष्ठी नेपाल र अभिनव साहित्य समाजको आयोजनामाा घुम्तीको ४३ औँ काव्य शृङ्खला अन्तर्गत विशेष कवि गोष्ठीको आयोजना र वेदमणि घिमिरे गोविन्दद्वारा रचित महाकाव्य ‘अन्तिम’को लोकार्पण गरिएको छ ।

प्राज्ञ तथा प्रा.डा. श्री दिनेशराज पन्तको प्रमुख आतिथ्य र यस क्षेत्रका सांसद श्री रामेश्वर फुयालको विशेष आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा उपस्थित करिव ६० मध्ये ३८ जना कवि कवयित्रीहरूले काव्य वाचनमा सहभागिता जनाएका थिए ।

सहभागी कविहरू मध्ये मेनका, डा.शेषराज, घनश्याम, विमल अर्याल, रत्ननिधि, नवराज, गणेश प्र. खतिवडा, दीप मेहर, प्रकाश वस्नेत गफाडी, विजय, ब्रह्मप्रिय, भावुक, मञ्जुश्री, निर्मल पराजुली, बालमुकुन्द, बाजुराम, गोपीकृष्ण ढुङ्गाना, रामप्रसाद ज्ञवाली, पीताम्बर भण्डारी, गोविन्द नेपाल, निबन्ध आचार्य, प्रकाशमणि, डिल्ली मुलतिहुुन, रामचन्द्र, परशुराम परासर, भाग्यशाली अधिकारी, रुम्बा, गोलाकृष्ण, वनवासी, सन्तोष, मोहनप्रसाद, सुदिपराज, वसन्तपुरे, वसन्त रिजाल, शैलेन्द्र, शिवराम, मोहन मल्ल, उद्धवकुमार पोखरेल, प्रशान्ति खरेल, हरिप्रसाद, गीता भण्डारी आदि हुनुहुन्थ्यो ।

सभापतित्व गरिरहेका प्रकाशमणिले लोकार्पित पुस्तक बारे प्रकाश पार्नुभएको थियो । शारदा पराजुलीले उद्घोषण गर्नुभएको कार्यक्रममा दिनेशराज पन्तले अध्यात्म मात्र जीवनको लक्ष नहुने र कृषि, गोरक्ष र वाणिज्यलाई पनि समेटिनु पर्ने धारणा राख्नुभएको थियो । यसै गरी सांसद रामेश्वरले साहित्य सृजना समाजपरक हुर्ने विषयमा जोड दिँदै आफ्नो कविता समेत वाचन गर्नुभयो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x