साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थानापतिमा वसन्त काव्ययात्रा

Nepal Telecom ad

थानापति(नुवाकोट), वैशाख । स्थानीय जनज्ञान निकेतन उमाविमा आज वसन्त काव्ययात्रा गरिएको छ । मध्याह्नको चर्काे घामको प्रवाह नगरी राष्ट्रियस्तरका स्रष्टा र स्थानीय प्रतिभाका रचना प्रस्तुति शिक्षक अभिभावक तथा राजनीतिक कार्यकर्ताले रसास्वादन गरेका थिए ।

करिब ३५ स्रष्टाले समसामयिक र राष्ट्रिय भावका साथै हास्यव्यङ्ग्य पनि पस्केका थिए । सो उमावि, ‘संसाक’ मासिक पत्रिका र काठमाडौँको दीपज्योति आवासीय मावि आयोजक रहेको कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा जीवेन्द्रदेव गिरी, डा रमेशचन्द्र अधिकारी, डा रामप्रसाद ज्ञवाली, भुवनहरि सिग्देलदेखि नयाँ पुस्ताका सुनिता सापकोटासम्मले रचना प्रस्तुत गरेका थिए ।

अन्य कविमा डा सत्यराज थपलिया, नरनाथ लुइँटेल, डम्बर घिमिरे, रामबहादुर पहाडी, श्रीधर पौडेल, कुन्तबहादुर श्रेष्ठ, महेश सिलवाल, जगदीश्वर पोखरेल, रत्ननिधि शुक्राचार्य, बलराम दाहाल, सुरेश सुवेदी, प्रकाश सिलवाल, मणिराज सिंह, यशोदा अधिकारी, उमेश पाण्डे, भैरवी ढुङ्गाना, राधा कार्की, द्वारिका कुइँकेल, रुद्र अधिकारी, श्यामराज पाठक, सीता विष्ट कार्की, डिल्लीप्रसाद मूलतिउन, तारा केसी, सविना सिन्धु, कृपाचन कृपालु, जनार्दन अधिकारी, रामकृष्ण बस्नेत, विमला थपलिया लगायत हुनुहुन्थ्यो ।

सो अवसरमा सदस्य सचिव डा गिरीले सबै भाषासंस्कृतिलाई संरक्षण गर्दै साहित्यिक रचनालाई विभिन्न राष्ट्रभाषामा अनुवाद समेत गरी फिँजाउनुपर्ने बताउँदै साहित्यले समय र इतिहाससँग जोड्ने भएकाले यसको विकासका लागि गाउँ तहमा हुने यस्ता प्रयासले राष्ट्र निर्माणमा बल पुग्ने जनाउनुभयो ।

विद्यालयका प्राचार्य ताराप्रसाद पाठकले ग्रामीण बस्तीमा साहित्यिक गुञ्जन हुनाले आनन्द र ज्ञान मिलेको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस र नेकपा (एमाले) का गाउँ कमिटीका अध्यक्ष रामकृष्ण डङ्गोल र पदमबहादुर थपलिया, समाजसेवी मोहनलाल पाण्डेलगायत सहभागी हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x