प्रदीपरत्न शाक्यगुहार गुहार !!
झ्यालमा झैँ
फेशनले
मात्र हो कि जस्तो गरी
पर्दा लगाएकोले
हो यौनका चाराहरू
छर्लङ्गै देखिन्थ्यो ।
जवानी ढल्कि सके नि
सापति लिएर
बाजेहरू
नजर मर्काई मर्काई तिमीमा
चियाइरहेको देखिन्थ्यो ।
चोर बाटोबाट
सौंदर्यको जालमा कल्पिंदै
नशा पान गरिरहेको देखिन्थ्यो ।
पार्टीको
त्यो रमझम कोलाहलमा
आँखाका प्यासहरू
हुलमुलिएर तँछाड मछाड गर्दै
रक्सि बियरको भन्दा नि
तिम्रै मात पिएर
लठ्ठिरहेको धेरै भेटिन्थ्यो ।
म चुपचाप
मान्छे माथिको मान्छे भएको
आत्मा अनुभूतिमा
तिमीमा गर्व गर्दै
तिमी सजिएका गहनाहरू हेर्दै
मख्ख पर्दै
रवाफको आकास उक्लिँदै थिएँ
तिमी शरदको शितले
बल्लाकृत नहोस भनी
अर्धनग्नमा
आगोको सहारा खोज्दै थियौ ।
कुन बेला , कहाँ
स्वाभिमानीको आँखामा
म नाँगिन पुगेछु ,यादै भएन ।
तिम्रो यौवनको सुवास उनी सम्म नपुगी
झरेर भुईँमा पुगेको पत्तोई भएन ।
परिस्थिति !
म गुहारिरहेछु तिमीलाई यसैले……….
गुहार गुहार गुहार !
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































