साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छ मट्याङ्ग्रा

Nepal Telecom ad

१) फेसन
आज भोलि
तरुणीको भन्दा
श्रीमतीज्यूहरूको
फेसन चर्को छ
बाहिर हाँसे पनि
श्रीमानज्यूहरूको
भित्र मन गर्को छ ।

२) घन्टाघर
हरेक दिन
प्रेिमकालाई भेट्ने
सुटुक्क समय दिन्छ
प्रेमिका नआउँदा
बिचरा बुढा
घुटुक्क थुक निल्छ ।

३) रानी पोखरी
प्रेममा घोका खाएकालाई
फकाउदै
फुस्लाउँदै सकार्छे
अजिंगरले भैm निलेर
गोहीको आँसुमा डकार्छे ।

४) दरबार स्कुल
हिजो भन्दा आज
सुनशान र मन्द छ
अभैm साहेद त्यहाँ
राणाकालिन गन्द छ
त्यसैले हरेक बालक
पढ्दैन त्यहाँ भन्दछ ।

५) जनक्रान्ति
जनवाद
जनअदालत
जनसभा
जनक्रान्ति
जन हालेर
हरेक भाषणमा ठोक्यो
पुरानो सत्ता ढालेर
नयाँ सत्तालाई ढोक्यो
सत्तामा पसे पछि
भत्तामा फसे पछि
मत्तामा बसे पछि
ढिला सुस्तीले डस्दै
भ्रष्टचारमा दिनहु फस्दै
जनलाई
आर्यघाटमा पोल्यो
किनभने
यसरी नै हुन्छ
आप्mनो धन शान्ति
सहिदको मन शान्ति
वास्तबिक जन क्रान्ति ।

६) धरहरा
गाउँबाट
देहातबाट
मान्छेहरूलाई
सहर देखाउँछु भन्दै
राजधानी बोलाउछ
ऊ भन्दा अग्लो
सहर भएपछि
बिचरा धरहरा
आफै नै हराउँछ
अरुलाई
के सहर देखाउँछ ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x