साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अभिनन्दन र विशेष कवि गोष्ठी सम्पन्न

Nepal Telecom ad

अभिनव साहित्य समाजको नियमित मासिक कार्यक्रम अन्तर्गत आज यसको १४४ औँ श्रृङ्खला सम्पन्न भएको छ । प्रसिद्ध समालोचक तथा कवि प्रा. सुश्री देवी शर्मालाई उहाँले हालसम्म पुर्याउनु भएको सेवाको कदर गर्दै अभनिव साहित्य समाज, सुरभि साहित्य प्रतिष्ठान, साहित्य सदन नेपाल, भैरव पुरस्कार गुठी, रमेश विकल साहित्य प्रतिष्ठान, गाउँ वेशी नेपाल र घुम्ति कविगोष्ठी लगायत आठवटा संस्था मिलेर सामूहिक अभिनन्दन गरिएको छ । कविगोष्ठी अन्तर्गत भुवन थापा, बाजुराम, उर्मिला कोइराला मेनका, प्रकाशमणि, डिल्ली दाहाल, भाग्याशाली, देवराज अधिकारी, श्रीधर पौडेल, राजुराज स्वयं, रामचन्द्र, उर्मिला पन्त लगायत ३४जना कवि कवयित्रीहरुले कविता वाचनमा भाग लिएका थिए । श्रीधर, आशीष र मधुसूदन घिमिरेले नाटिका पेश गरेका थिए । सो कार्यक्रमको समीक्षा परशुराम पराजुलीले गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष वेदमणि घिमिरेले गर्नुभएको थयो ।

-वेदमणि घिमिरे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x