साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खोजी

Nepal Telecom ad

“म तपाइँकी दासी हैन बुझ्नु भो ? गोडामा तेल लगाइ दिने, तपाइकी श्रीमती भनिनुको अर्थ म तपाइँभन्दा निम्न स्तरकी मान्छे भन्ने होइन, तपाइँकै बराबर चैं हुँ त्यसैले आइन्दादेखि यस्ता घटिया कुरा मसँग गर्ने पनि हैन ।” –मैले दिनभरिको हिडाइँले पिँडौला करकर खाइरहेका छन र पाइताला पनि उसै गरि भत्भती पोलिरहेका छन् त्यसैले आज चैं तेल लगाएर मेरा गोडा मिचिदेऊ न भन्ने मेरो अनुरोधको प्रत्युत्तरमा श्रीमतीले मलाई फर्काएको उत्तर हो यो ।

“तिमीलाई मभन्दा निम्नस्तरकी भनेर मैले कहिले भनेको छु र ! तिमीलाई मेरा गोडा मिच्ता हिनताबोध हुन्छ भने म पनि तिम्रा गोडा मिचिदिउँला नि ! अनि त हिसाब बराबर भै हाल्छ नि ! तिम्रा पनि गोडा त दुखेकै होलान् क्यारे ।” – मैले हरेक कुरा पुरुषको थिचोमिचो मात्र महशुस गर्ने उनका मनमा रहेको हिनग्रन्थीको अप्रेसन गर्दै श्रीमती मनाउँने प्रयाश गरेँ ।

“पर्या छैन कसैला गोडा सोड़ा मिचाउँन र कसैको मिचिदैन पनि ।“ –उनले आफ्नो निर्णय सुनाइन् र थपिन– “गोडै मिचाउँने भए छोरालाई बोलाएर मिच्न लाउने, मलाइ होइन ।” र “कत्ती न पाएँ भन्दैमा जेमा पनि हामीलाई नै दल्न पो खोज्छ्न् है यी लोग्नेमान्छेका जात् त ।” यसो भनेर फत्फताउँ अर्को कोठातिर लागिन् ।

दिनभरिको कृषिकर्म गरेर र सो नभएका बेला सत्र गाउँमा जजमानी गरेर थकित र गलित शरीर लिएर फर्किएका मेरा पिताका गोडामा तेल लगाउँन माली लिएर तम्तयार रहने मेरी आमालाई सम्झिएँ । उनका काँधमा पनि त पुरै परिवारको खानपान तयार गरेर खुवाउँने, गाईबस्तु बाख्रापाठाको हेरबिचार गर्ने, घाँस दाउरा जोरजाम गर्नेजस्ता अभिभाराको दैनिक बोझ् त नभएको कहाँ हो थ्यो र !

अनि पिताजीको देहान्त पश्चात् आमाले भनेको सम्झिएँ– “मलाई पनि तिमीहरूकै बाको ह्वार–ह्वार बलिरहेको चितामा झ्याम्म फाल हानेर सँगै जलौं जस्तो नलागेको त कहाँ हो र ! एकातिर बाउको जलिरहेको चिता हेरेर खिस्रिक्क परेको तेरो अनुहार, अर्कातिर पिलपिल आँसु झारिरहेको तेरो भाइ र बहिनीहरूको अनुहारले मलाइ रोक्यो । मैले पनि यसो गरेँ भने तिमीहरूको के गति होला भनेर फाल हान्न सकिन ।”

मेरा बा, मेरी आमालाई आफू समानकी अर्धाङ्गिनी सम्झन्थे कि नाइँ । सोध्न उनको भौतिक उपस्थिति रहेन तर हाम्रा आमाहरू कुन मनोग्रन्थिका प्रभावले आफूलाई मृत पतिका चितामा होम्न उद्यत हुन्थे होला भन्ने आधारको खोजीमा छु ।
कतै तपाइँलाई पो थाहा छ कि ?

गौरादह– १२, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
पाटी पार्टीका कुरा

पाटी पार्टीका कुरा

रामप्रसाद पन्थी
चोरहरु

चोरहरु

कृष्ण उफान
आश्वासन

आश्वासन

सुरेशकुमार पाण्डे
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
समकालीन योगको ‘आसन’ र पेटको ‘भाषण’

समकालीन योगको ‘आसन’ र...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x