साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हजुर म त

Nepal Telecom ad

अगि अगि हिँड्नेलाई चिन्ने भए
हजुर म त पछि पछि हिँड्ने भएँ
जे जे देखायो गमेर हेर्ने भए
हजुर म त हस् भनि टेर्ने भएँ ।

आउ भन्दा आउँछन् घुम भन्दा घुम्छन्
हजुर म त लुखुर लुखुर घुमाउने भएँ
ख्वाइदिँदा खान्छन् पिलाउँदा पिउँछन्
हजुर म त लड्लान् भनि समाउने भएँ ।

हतार हतार लिन जाऊ फेरि पुर्याऊ
हजुर म त तातो न छारो व्यस्त भएँ
स्वागत ग्रहण गर्छन् जुँगा ताउ दिन्छन्
हजुर म त मै हो कि भनि मस्त भएँ ।

अगि अगि हिँड्नेलाई खिच्ने भए
हजुर म त पछि पछि खिस्स भएँ
बसाइ दिँदा बस्ने बोल्न दिँदा बोल्ने भए
हजुर म त छेउमा खुम्चिएर हिस्स भएँ ।

लस एन्जेलस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आऊ खेलाैँ हाेली

आऊ खेलाैँ हाेली

राकेश कार्की
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x