साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लेखक संघमा नवराज लम्साल

Nepal Telecom ad

आइतवार भएको नेपाली लेखक संघको चुनावमा नवराज लम्साल विजयी भएका छन् । त्यसैगरि संघको बरिष्ठ उपाध्यक्षमा श्रवण मुकारुङ निर्वाचित भएका छन् ।

उपाध्यक्षहरूमा प्रदेश १ बाट विनोद पोखरेल, २ बाट गोपाल अस्क, ३ बाट ज्ञानुवाकर पौडेल, ४ बाट डा कुसुमाकर न्यौपाने, ५ बाट उत्तमकृष्ण मजगैयाँ, ६ बाट मोतिराज वम र ७ बाट रामलाल जोशी निर्वाचित भएका छन् ।

संघको महासचिवमा रत्नमणी नेपाल, उपमहासचिवमा रामेश्वर राउत मातृदास निर्वाचित भएका छन् । ३ सचिव पदमा भने वाबु त्रिपाठी, घनेन्द्र ओझा र नविनचन्द्र घिमिरे निर्वाचित भएका छन् । महिला सचिवमा विमला तुम्खेवा र कोषाध्यक्षमा सन्ध्या पहाडी निर्वाचित भएका छन् ।

६३ सदस्यीय कार्यसमितिमा महिला ५ जना, आदिवासी मधेशी मुस्लिम अल्पसंख्यकमा ६ पद, प्रदेशबाट १४ जना र खुल्लामा १६ जना सदस्य रहेका छन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x