साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बजेटको किताब

Nepal Telecom ad

बजेट पास, विधेयक पास, नीति कार्यक्रम पास
प्रस्ताव पास, सरकार पास, आसे पासे सप्पै पास
डिस्टिङ्सन् र फस्ट डिभिजन भन्दा कम कोही छैन
देश र जनता यी दुई बाहेक फेल हुने कोही छैन ।

बजेट भाषणको किताब जोख्दा जम्मा चार सय ग्राम भयो
किन्नेलाई बेच्न खोजेको जम्मा दुई रूपिया दाम दियो

मैले भने,
‘अरे भैया, देश विकासको किताब हो यो
कत्रा कत्रा सिद्धान्त छन् यसमा,
खर्बौं को हिसाब हो यो’

उसले भन्यो–
‘अरे साहुजी, यसको काम त सकी सक्यो
यसबाट हुने फाइदा भाषण करनेले लिई सक्यो
छोक्रा फाइदा अरू बाँकी अरूलेनै उठाई सक्यो
अब आठ आनाको चना नअटाउने छ पाना
तै पनि मैले त दुई रूपियाँ दिई सक्यो

अर्को वर्ष बरू साहुजी अझ ढेर भाषण कराउनुहोस्
भाषणको अलि ठूलो चाक्लो किताब छपाउनुहोस्
यो बजेटबाट तपाईँ पनि
कमसेकम पाँच रूपिया त कमाउनुहोस् !’

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x