साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समाजसेवी जिन्दावाद !

Nepal Telecom ad

दुनियाँ सबैभन्दा ठुलो दमडिनै रहेछ । दमडी भएपछि जे जे अरे पनि भरे टेलिभिजनाँ नाम आइहाल्छ । भोलि गलाँ खादा पाइहाल्छ । आफू त परें हजुर समाजसेवीको दाइ साधा । पहिला दुई नंबरी नगरि एक नंबरको बन्न सकिन्न । समाज सेवा अरे पनि राजनीति अरे पनि भरे पार्टीको नेता समातेपछि त पर्सी नेताजीको खाँट्टी मान्छे । पहिला भूमिगतको आँटी नेता अहिले खाँट्टी समाजसेवी, राजनीतिज्ञ, दानी मानियाँ लगाइ दिन्छन्, दोसल्ला फेटा लु भइएन त चर्चित यताउता ।’ पैसा फेंको तमसा देखो ! हाम्रो समाजको नअर्नुस् खेदो ।

पहिला मेरो भाइ साँच्चैको कसाइ । उसको हिस्ट्री स्मग्लिङवाट शुरु भयो, अब ठुलो समाज सेवी वन्दैछ । मेरोभाइ अब म देश चलाउँछु भन्दैछ । हाम्रो देशाँ, देश भित्र र बाहिरको समाजाँ यो दुबै काम गर्नेको कमी भए पनि नभए पनि सुबिधा भएपछि त भइहाल्यो नि हैन र हजुर ? सुबिधा भएपछि दुबिधै भएन जब मनमा आयो समाज सेवा त्यसभित्र वाट दुई नंवरको मेवा आहा क्या मजा !

दुई नंबरी मानव तस्कर, यताको सामन उता उताको सामान यता कोकिन हिरोइन सेता, समाज सेवाको फेटा विविधतामा एकता खारिएको नेता । फेरि जुन नेता हुन्छ उ सच्चरित्र नै हुन्छ । हाम्रो समाजाँ दुश्चरित्र नेता पाउनै सकिन्न । नराम्रो भए धाउनै हुन्न । मान्छे गुण्डा हुन सक्छ, तस्कर हुन सक्छ, फटाहा हुन सक्छ, भ्रष्टाचारी हुन सक्छ, कालो बजारी हुन सक्छ, हरिप हुन सक्छ तर नेताको फेता गुथेपछि शरीफ बन्छ र हुन्छ पनि । राजनीति त गोसाइँ गुण्डा हो नि ! …एक पटक डुबेपछि सारा पाप साफ । बाफ रे बाफ ।

समाजसेवी भाइले गाई जस्तै सिधा नेताजी बोलाइहाले । कार्यक्रम थियो “टुहुरा संरक्षण वोर्डको” समुदघाटन गर्नु पर्ने । तर त्यहाँ दुई चार जना टुहुरा बाहेक आश्रम पुरै खाली, नेताजीको बोल्ने पाली, सवैले बजाउनै पर्छ ताली, यता कुर्ची खÞाली । नेताजीले बुझी हाले यसपाली आफ्नो भाषणको ताली नपड्कने भयो भन्ने छामी हाले नाड़ी । ताली नै नपड्के भाषणाँ कसरी कड्किने ? उनको कुरोको चुरो बुझेर समाजसेवी भाइले केटाकेटी र तिनका बुबाआमालाई भोजाँ निम्तो ताली पड्काउन छिटो आश्रमा घराँ पारिदिए धुलोपीठो ।

नेताजीले पनि भरिभराउ कार्यक्रमाँ आफ्नो आँखा गगल्स जेलहाल्या कपालाँ माथि सार्दै समाज सेवी भाइलाई तलझार्दै जोसाँ होस गुमाउँदै सोधे– “यी सबै टुहुराका त बाऊ आमा नि छन् त ?” भाइले भन्यो– “चिन्ता नअर्नुस् मन्त्रीज्यू अब चाडै नै यी बालबालिका टुहुरा बनाइ दिउँला नि हुन्न र ? अर्को एउटा पार्टिको आन्दोलन घोषणा गरौँला नि… हा हा हा… ” । मन्त्रीजी पनि सँगै हाँस्न थाले– हा हा हा… हो नि !”

‘टुहुरा संरक्षण बोर्डको’ कार्यक्रमाँ नेताजी पाल्नु भयो, भाषण गर्न थाल्नु भयो । त्यो भन्दा पहिला आफ्नो टाइ खुकुल्याउँदै भन्नु भयो– “यो साह्रै दुखको कुरो हो ! हाम्रो देशाँ प्राय राम्रा राम्रा कामहरू सबै अधुरा र अपुरा मात्रै रहन्छन् । जुन कुरो हुनु छैन, जुन कुरो हुनु हुँदैन हाम्रो मुलुकाँ त्यही हुन्छ । मैले त सोचेको थिएँ हाम्रो पार्टियाँ सक्रिय नेता विदेश बसेर पनि आफ्नो काम नछोडी कन पैसा उठाउने सप्ताहा व्यापी दौडाँ दौडेको देख्दा हामी धेरै धेरै खुशी छौं र हाम्रो पार्टी धेरै धेरै आभारी पनि छ । हाम्रो समाजसेवी कार्यकर्ताले विदेशाँ उठाएको ठूलो धनराशिको खबरले त यो आश्रम निकै ठूलो र भरिभराऊ हुन पर्ने हो तर यहाँ यसपाली कुर्ची टेवल खाली देखेर मलाई भने चिन्ता लाग्यो । अब यो आश्रम भरिन्छ, हामी त्यसको व्यवस्था चाँडै नै गर्छौ ।

…त्यसको लागि हाम्रो पार्टीले देशमा अर्को एउटा युद्ध छेडनु पर्ला, धन्दा नमान्नोस् भन्दा फरक नपर्ला, जे त पर्ला पर्ला, परेको टर्ला । मलाई लाग्थ्यो हाम्रो मुलुक एकल महिला र टुहाराँ बबुरा छैनन् आत्मनिर्भर छन् । तर आज मैले देखें र पीर लाग्यो, यसको लागि अर्को युद्ध घोषणाको सूचना चाँडो छेडनु पर्ला जस्तो लाग्यो । साथी हो ! त्यसरी नै विदेशाँ चाँडो भन्दा चाँडो पैसा उठाउनुस, अनि स्वदेशाँ घर आश्रम बनाएपछि स्वत देश विकास भएन ?

…साँच्चै भन्ने हो भने यसरी टुहुराको कमी होला भन्ने मलाई थाहै भएन । यो महान् कार्यको उद्घाटनले उद्दारै गराएर म हरिलट्ठक मन्त्रीलाई ठूलो गुन लगाउनु भयो । गुनको भाउ नुनको सोझो अरेर तिरौंला भोलिदेखि पुरै देश टुहुरामय गरेरै हिँडौला हुन्न त ? हुन त हाम्रो मुलुकाँ अनिकाल, अकाल, गरीबी, भोकमरी, नक्कली औषधी, जङ्गली च्याउ, भूकम्प, जाती–पाती, धर्म–शर्म। पार्टी–साटी, टुहुरो र एकल महिला बाढी र पहिरोको जति भाषण गर्यो त्यति त्यति कुरो गहिरो सबैले टरर त ताली मारे मन्त्रीजीले गगल्स आँखा झारे ।

मैले भाइलाई सोधें– “बाबु तिमी दुई नंवरि बाट एक नंवरि कसरी भयौ, स्मगलरबाट समाज सेबिमाँ कसरी ट्रान्सफर भयौ । त्यसपछि पार्टी नेता लाइनाँ झ्वाम्म हामफाल्यौ ? यो अकुत सम्पत्ति कसरि क्वाम्म ह्वाम् पार्यौ ? तिमीलाई त तिम्रो पार्टीले भूमिगत थियो भन्दा रहेछन नि ?”

उसले कुटिल मुस्कानका साथ मेरो कानाँ फुस्फुसायो– “दाइ यो सबको श्रेय दमडी हो ! यहाँ पैसाको कमाल, स्मगलिङ खुल्ला, जंगल र समुन्द्रको धमाल, समाज सेवा खुल्ला देशको समाज ! समाज सेवा मैदानले कालो धनलाई सेतो बनाएपछि त्यो सेतो धनले आफ्नो टाउकाँ लगाइ दिन्छ फेटो । त्यसपछि भइएन नेतो हा हा हा….।”

मेरो भाइले एक हलको मेलो हाँस्तै नढाँटी बास्यो– “हाम्रो मुलुकाँ समाज सेवा, राजनीति जसलाई जतिवेला लहड चल्छ त्यतिवेला गर्न सक्छन् बग्रेल्ती । त्यहाँ न त कुनै आचारसंहिता छ, न त कुनै सोधखोज, बस् नोट भए भयो । जसको दल, उसको वल, छल गर्न सके भइन्छ अटल । साम– दाम– दण्ड, भेद जसले सक्छ जनता खेद । समाजसेवी, स्मगलर र राजनीतिमा छैन भेद ! समाजसेवी जिन्दावाद ! दाइ भन्नुस्, जिन्दावाद !! जिन्दावाद !!!” मैले पनि भनेँ “जिन्दावाद ! जिन्दावाद !!”

हाल  : अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दमदार दमडी

दमदार दमडी

सर्वज्ञ वाग्ले
साँढे

साँढे

सर्वज्ञ वाग्ले
नेता बन छोरा

नेता बन छोरा

सर्वज्ञ वाग्ले
मुर्ख समाज !

मुर्ख समाज !

सर्वज्ञ वाग्ले
जस्तो आफू उस्तै च्यापु

जस्तो आफू उस्तै च्यापु

सर्वज्ञ वाग्ले
0
Would love your thoughts, please comment.x
()
x