साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अभिनवको १७२ औँ श्रृङ्खला सम्पन्न

Nepal Telecom ad

काठमाडौं, जेठ २५ । अभिनव साहित्य समाजको मासिक श्रृङ्खला १७२ औँ सम्पन्न भएको छ । यस अन्तर्गत श्री विष्णुचन्द्र अभिनव वर्षोत्कृष्ट गद्य कविता पुरस्कारबाट इलामकी कवि श्रीमती गीता खनाललाई सम्मानित गरिनुका साथै विशेष कवि गोष्ठी सम्पन्न गरियो ।

कवि गोष्ठीमा सहभागीहुनेहरू मध्ये हेमन्त शिशिर, ओम प्रसाद कोइराला, शिवराम खड्का, श्रीराम पौडेल र सुनिता सापकोटालाई उत्कृष्ट रचना प्रस्तुत गरे वापत प्रोत्साहित पुरस्कार प्रदान गरिएको थियो ।

अन्य सहभागीहरूमा सरस्वती ढुङ्गाना, रामकुमार, गोविन्द नेपाल, रुद्र अधिकारी, श्याम भावुक, विमल अर्याल, गफाडी, विजय विश्वास, पुण्य गौतम, कृष्ण गौतम, मेनका, जनार्दन, ब्रह्मप्रिय, डा. शेषराज, अशोक, अञ्जु विष्ट, सुशील आचार्य, संग्रौला, शिव नेपाल, विष्णु न्यौपाले, बरुणहरि, प्रकाश मैनाली, प्यासी, निर्भिक, उद्धव पोखेरल, गणेश खतिवडा, प्रदीप रत्न, उर्मिला पन्त, वनवासी, बाजुराम, रेहान खान, लिल्लीराज, राधिका, शीतल, राममणि, आनन्दराम, मञ्जुश्री प्रधान र राम बहादुर पहाडी आदि हुनुहुन्थ्यो ।

शारदा पराजुलीले उद्घोषण, गर्नुभएको सो कार्यक्रममा प्रमुख व्यक्ति कणाद महर्षि, समाजका अध्यक्ष वेदमणि घिमिरे गोविन्दले पनि सम्बोधन गर्नुभएको थियो । परशुराम पराजुलीले वाचित रचनाहरूको समीक्षा तथा प्रदीपरत्नले स्वागत मन्तव्य दिनुभएको र प्रकाशमणि दहालको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x