मरुभूमि नारायणभ्रम भएछ मेरो
गुलाफको फूल टिप्नु प्रेम वियोग रहेछ मेरो
असत्य भित्र सत्य खोज्नु भ्रम भएछ मेरो ।।
न आँधीहुरी भन्न सकें न बादल भन्न सकें
बोधा काँडेबार तोडेर मन उडी गएछ मेरो ।।
पत्थर त धन्य पत्थरै हो यही थाहा भयो
कङ्कालले सम्पूर्ण पीर व्यथा सहेछ मेरो ।।
नचाहनेलाई अजम्बरी दाइजो दिइ दिन्थे
तिम्रो लागि सुकेको हातखुट्टा तय छ मेरो ।।
मैल शिर पूजा गरेर तिमीलाई दिन सक्तिन
भेडे स्वरमा गाउँछु सुरिलो लय छ मेरो ।।
चाहन्छु मध्य रातमा पनि भूतको फिल्म हेरूँ
आत्मा सन्तुष्टि हँुदा एदाकदा भय छ मेरो ।।
तनहुँ
Subscribe
Login
0 Comments
Oldest





































