साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिग्रेको घडी

Nepal Telecom ad

ओरालो झरिरहेकी गाउँले बालालाई
उकालीमा सोधेँ–
‘यो डाँडा काटेर पारीसम्म पुग्नु छ
कति बज्यो होला बैनी ?’
जिस्किइन उनी
‘दाइ, तिमिले बाँधेको घडि कि आलु ?’
भनेँ,
‘ब्याट्री सकिएछ
थाकेर मस्त आराम गरिरहेछन् सुइहरू
तर बैनी
यो घडीले दुईपटक त सही समय दिन्छ ।’
पिँपिरी बजाउँदै
ग्रामीण बाला बेसीतिर झरेपछि
सोचेँ–
ब्याट्री राख्न अल्छी गरेर
कि विचार पनि घडिजस्तो बिग्रेको लगाएर हिँडिरहेछौँ हामी ?
र फुर्ती लगाइरहेछौँ–
‘दुई पटक त सही बाटो देखाउँछ’ !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
सर्दी

सर्दी

भूपिन खड्का
लज्जा !

लज्जा !

भूपिन खड्का
बुद्धि-बङ्गारा

बुद्धि-बङ्गारा

भूपिन खड्का
बुद्धि-बङ्गारा

बुद्धि-बङ्गारा

भूपिन खड्का
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x