साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल र बंगाला एकेडेमीबीच प्राज्ञिक सम्झौता

Nepal Telecom ad

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान र मित्रराष्ट्र बंगलादेशको बंगला एकेडेमीबीच पहिलोपटक औपचारिक रुपमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र बंगला एकेडेमीका डाइरेक्टर जनरल समसुजमन खानले बुधबार ढाकामा आयोजित विशेष समारोहमा प्राज्ञिक आदान–प्रदानको सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतापत्रमा भाषा, साहित्य, संस्कृति, इतिहास र दर्शनको खोज अनुसन्धान, अनुवाद जस्ता प्राज्ञिक कार्य गर्ने बुँदाहरू समेटिएका छन् ।

बंगलादेश सरकारको संस्कृति मन्त्रालय तथा बंगला एकेडेमीको निमन्त्रणामा उक्त सम्झौताका लागि प्रतिष्ठानका कुलपति उपे्रतीको नेतृत्वमा प्राज्ञसभा सदस्य वियोगी बुढाथोकी र जगत उपाध्याय प्रेक्षित सम्मिलित टोली मङ्गलबार ढाका प्रस्थान गरेको थियो ।

टोलीले बंगलादेशका संस्थापक शेखमुजिवर रहमान मेमोरियल म्युजियमकी प्रमुख मासुम हुसेन तथा बंगला शिल्पकला एकेडेमी (नेसनल एकेडेमी अफ फाइन एन्ड पर्फमिङ आर्टस्का डाइरेक्टर जनरल लिक्वायत अलि लक्कीसँग ढाकामा भेटघाट गरी द्विपक्षीय हितका बारेमा विचारविमर्श गरेको छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x