साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वाचाल हामी

Nepal Telecom ad

हामी पागल हौं यहाँ सब जना सद्देहरू देखिए
हाम्रा लागि त जेल नेल अथवा उत्पीडनै लेखिए
हाम्रो क्रन्दन हुन्छ ढोंग र रुँदा हाँस्ने अरू गर्दछन्
हाम्रा शब्दहरू दबाउन यहाँ लाखौँ दफा बन्दछन् ।।

ती हुन् मालिक नम्र बन्न नसिकी वाचाल हामी भयौं
जे गर्छन् सब ठीक मात्र नभनी के सत्य बोल्ने भयौं
आफ्नो दाल र भात मात्र नघिची के न्याय खोज्ने भयौं
यस्ता पाप गरेर दुष्ट दरिने अन्याय गर्ने भयौं ।।

हाम्रो को उपचार गर्दछ कहाँ लाने लगी लौ थुन
को आईकन बन्द गर्छ निचरी हाम्रा बजेका धुन
हाम्रो यो सरुवा छ रोग नसरोस् धेरै अरूमा पनि
जिभ्रै काट कि लोकमान्य भगवन् बोल्दै नबोलोस् भनी ।।

सुर्खेत

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x