प्रेम ओली ढकलपुरेसाँढेको नाता
हामी पनि गाईलाई माता भन्ने
साँढे पनि गाईलाई माता भन्ने
त्यसोभए गाइको श्रीमानलाई के भन्ने ?
गाईलाई माता भने पछि
साँढे पक्कै के हाम्रो दाइ हुनुपर्छ
के यो हाम्रो भाई हुनुपर्छ
हामी गाई घपलक्क ढोक्छौ
तर साँढेलाई न कसैले ढोक्छ
न साँढे पनि हामीलाई ढोक्छ
पायो भने साँढेले त उल्टो
ढाँड फुस्कने गरी ठोक्छ ।
अन्शबन्डामा ठगीएर हो कि
झोक चल्यो भने कहिले साँढेले
घारा घोच्चा बोक्छ
कहिले बार भाचेर रिस पोक्छ
कहिले बालिमा जब्बर जस्ती पस्छ
कहिले बाटो छेकी सडकमा ढसमस बस्छ
मान्छेले पनि कहिले रेलिङ भाच्ने
साँढेले पनि रेलिङ भाच्ने
साँढेले मान्छेबाट सिकेको हो कि
मान्छेले साँढेबाट सिकेको हो छुट्टाउन गार्हो छ
मान्छे जेठो हो कि साँढे खुट्ट्याउन सार्हो छ
यो साँढे र मान्छेको नाता कस्तो
ठ्याक्कै सौतेलो भाइको जस्तो ।
दाङ, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































