साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तरकारी आक्रमण जिन्दावाद !

Nepal Telecom ad

आदरणीय वीर तरकारी व्यापारी साथीहरू क्रान्तिकारी अभिवादन !

हालै राजधानीस्थित बल्खुको तरकारी बजारमा पूर्व सूचना बिना एक्कासी अनुगमन गर्न आउने सरकारी टोेलीमाथि तपाईँहरूले गर्नुभएका तरकारी आक्रमणप्रति एक्यवद्धता जनाउँदै हामी सरकार पीडित व्यापारी तथा व्यवसायीहरू तपाईँहरूको वीरताको कदर गर्न चाहन्छौँ ।

एक्काइसौँ शताव्दीको आजको खुला अर्थतन्त्रमा सरकारले यसरी बारम्बार बजारमा हमला गर्नु निरंकुशताको पराकाष्ठा हो । हामी व्यापारी व्यवसायीको जसरी पनि नाफा कमाउन पाउने नैसर्गिक अधिकारमाथि सरकारले पटक पटक हमला गरेकोमा हामी घोर निन्दा एर्व भत्र्सना गर्दछौँ ।

हामी हाम्रो यही स्वतन्त्रताको हक उपयोग गर्दै जनताको सेवामा निरन्तर लागिरहेकै छौँ । हामीले शान्तिपूर्ण तरिकाले आफ्नो पेशा व्यवसाय गरिरहेका ठाउँमा सरकारले बेला बेलै अशान्ति मच्चाउँदा त्यसको प्रतिरोध पनि हामीले दृढतापूर्वक गर्दै आएका छौँ । हामीले केही वर्ष अगाडि न्यूरोड क्षेत्रमा सुन पसल अनुगमन गर्न आउने सरकारी टोलीका पोशाक च्यातिदिएका थियौँ । त्यसैगरी विशाल बजारभित्र पसल अनुगमन गर्न आउनेलाई सटरमा थुनेर भकुरेका थियौँ । ती लगायत ट्याक्सी सञ्चालक साथीहरूको आन्दोलनको पनि हामी सगौरव स्मरण गर्दछौँ ।

फेरि पनि सरकारले हामीमाथि अत्याचार गर्न छाडेको छैन । खासगरी ठगी मिटर जडान गरेर पेट्रोलियम पदार्थ बेच्दै आएका बखत र नक्कली डाक्टर–पाइलट काण्डमा सरकारले हस्तक्षेप गर्दा हामीले कडा प्रतिरोध गर्न नसकेकाले सरकार यसरी उद्दण्ड भएको हाम्रो निश्कर्ष छ । तर हामीले हार खाएका छैनौँ भन्ने प्रमाण तपाईँहरूले पेश गर्नुभएको छ ।

आफ्नु व्यवसायसँग सम्वन्धित हतियारको प्रयोगद्वारा शत्रुहरूमाथि आक्रमण गर्ने नौलो तरिकाको प्रतिपादनका लागि तपाईँ तरकारी व्यवसायी साथीहरू साधुवादका पात्र हुनुहुन्छ । यस आन्दोलनमा तपाईँहरूले आफ्नो उच्च नैतिक अनुशासन पनि कायम गर्नुभएकोे छ । प्रहरीले जस्तो एक्कैचोटी गोली चलाउने जस्तो आक्रामक शैली नअपनाई शुरुमा गोलभेडा, भेडे खुर्सानी, घिरौँला, धनियाँ, साग आदि प्रयोग गरी अनुगमनकारीहरूलाई तर्साउने प्रयाश गर्नुभयो । त्यसबाट पनि अनुगमनकारीहरू पछि नहटेपछि करेला, काउली, बन्दा, लौकाले घुँडा मुनि चार्ज गरेको र त्यसबाट पनि आतंककारीहरू पछि नहटी अनुगमन गर्न कस्सिएपछि छिप्पिएका इस्कुस, फर्सी, चिचिण्डा र कटहरले आक्रमण गरेर तिनीहरूलाई घाइते बनाई लखेटेको घटना साह्रै अनुकरणीय छ । व्याकअपमा राख्नुभएको खुर्सानीको धुलो प्रयोग गर्न नपाउनुभएकोमा हामी केही दुखी भएका छौँ । जे होस्, अनुगमनकारीहरूलाई यसरी नै तह लगाउनु पर्छ, ता कि बारम्बार हाम्रो काममा बाधा गर्न नआउन् ।

आगामी दिनमा नक्कली सर्टि्फिकेटधारी डाक्टर, मास्टर र पाइलटहरू, कुहिएका मिठाई बिक्री प्रकरणमा सरकारी कार्वाहीमा परेका तथा जुत्तामोजाबाट घरेलु मदिरा उत्पादन गर्ने मित्रहरूलाई पनि संगठनमा गोलबन्द गर्नुपर्छ । प्रहरीले आक्रमण गर्दा रुमालले मुख छोपेर प्रहरीका अघि लाग्ने हुतिहारा कर्म कसैले पनि गर्नु हुँदैन । आगामी दिनमा पनि यस्तै उच्च मनोवलका साथ व्यापार व्यवसायमा संलग्न हुँदै देश र जनताको सेवामा लाग्नु हुन सबैमा अनुरोध गर्दछौँ । अन्तमा हामी केही नाराहरू भन्न चाहन्छौँ,

आक्रमणकारी सरकार राजिनामा दे ।
बिगारिएका ढक तराजु तथा मिटरहरूको प्रयोग गर्न पाउनै पर्छ ।
नक्कली सर्टि्फिकेटलाई मान्यता दे ।
अनुगमन टोलीलाई हान्दा नष्ट भएका तरकारीको क्षतिपूर्ति ले ।
सम्पूर्ण ठगहरू एकजूट होऔँ ।
वीर व्यापारीहरूको तरकारी आक्रमण जिन्दावाद ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x