सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

क्रान्ति

Nepal Telecom ad

(गाईजात्रा– २०७३)

जमिन्दार महेश्वरको १ सय २५ बिघा जमिन । २०२६ सालमा आफ्नै सालो अमिन । गाउँ (दौलतपुर), दौलतले पुरेको परिवार सिर्फ महेशको । सन्तान पनि एउटी पुत्री मात्र । पुत्रको आश त थियो, तर जमिन्दारनी दोस्रो पटक ज्वानाको झोल खानबाट टाढा रहिन् । छोरीको पढाइ अब्बल । विदेश पठाए महेशले । विज्ञान पढ्न गएकी ‘सभ्यता शिवाकोटी’ अर्थशास्त्रमा पीएचडी गरेर फर्किन्, त्यो पनि ‘ध्भािबचभ भ्अयलयmष्अक’ मा ।

दौलतपुर नामको सिक्काको अर्को पाटो कुरूप । सबै गाउँले झुपडी निवासी, झन्नै झन्नै चितवन सौराहा, मालपुरको मुसहर टोलजस्तै । सबै गरिब । महेश्वरको जमिनमा पसिना बगाएर आएको ज्यालाले गुजारा । उता जमिन्दारको गोदाममा अन्न कुहिन्थ्यो, यता गरिब रैती दुर्भिक्षको शिकार । गरिबको सन्तान मुस्किलले टेस्ट पास, अनि मजदुर बन्न मजबूर ।

“अबदेखि यो गाउँमा ५ वर्षदेखि २५ वर्षसम्मका गरिबका सन्तानले खुरु खुरु पढ्ने छन् । सभ्यताको पहिलो कदम । परिणाम… १० बर्षमा दौलतपुरमा कलेजको स्थापना । गाउँलेकै सन्तान प्राध्यापक, छोरीहरू बढी ।

“हाम्रो परिवारलाई वर्षको ४० मुरी अन्न भए मनग्गे, बाँकी अन्न हरेक परिवारले दामासाही गरेर लिनू, कोही पनि भोकले मरेको समाचार सुन्न नपरोस् ।” दोस्रो कदम । ५ वर्षमा गाउँबाट गरिबी गायब । हरेकको आफ्नै एकतले पक्की घर ।

“छोरी, यो के हो ?” जमिन्दारको आक्रोश ।
“बुवा, राजाहरूले के लिएर गए ? हजुर जन्मिँदा के लिएर आउनुभएको थियो ? यी सोझा गाउँलेहरूलाई रुवाएर थुपारेको सम्पत्तिले हजुरलाई शान्ति दिन्छ ? मलाई विदेशमा पढ्न पठाउनुभएको होइन ? म शिक्षित र विवेकी भएको हेर्न चाहनुहुन्छ होइन ? यो सम्पत्ति मेरै लागि होइन ? आमा र हजुर दुवै जना अनेक रोगले ग्रस्त हुनुहुन्छ, आज हो कि भोलि हो, अनि ? बुवा, यो हो क्रान्ति ! यो हो परिवर्तन । यो हो समाजवाद । यो हो सामाजिक न्याय । यहाँ बन्द, हड्ताल, हत्या, हिंशा केही छ ? म खुशी छु बुवा ।” शान्त र शालीन शैलीमा आफ्नो कुरा राखिन् सभ्यताले ।

महेश उर्फ महेश्वर भाग्यवादी । ऊ आफूलाई ‘राजा’ वा भगवान्को अवतार ठान्थ्यो । पुलुक्क पत्नीको मुहारमा हेर्यो ।
“छोरीको खुशी नै हाम्रो खुशी हो आर्य, अब जमाना बदलियो । धन्न अन्त झैं लुट्न आएनन् । हामीले खाने पीठो, लगाउने एकधरो, बस्ने बास एउटा कोठा । आर्य, छोरीलाई आशीर्वाद दिनुहोस् ।” जमिन्दारनी बोलिन्, धेरै वर्षपछि ।
… अर्को कदम, झन् क्रान्तिकारी ! गाउँकै ‘राजकुमार विश्वकर्मा’ सित सभ्यताले लगनगाँठो कसिन्, कोर्टमा गएर । ‘क्रान्ति नायिका’ भनेर गाउँलेले उनको नागरिक अभिनन्दन गर्यो । समाचार आयो, “राष्ट्रिय योजना आयोगको सदस्यमा दौलतपुर निवासी डा. सभ्यता शिवाकोटीलाई नेपाल सरकारले नियुक्त गरेको छ ।”

चितवन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
उल्टो सोच

उल्टो सोच

धनराज गिरी
फिराद !

फिराद !

धनराज गिरी
प्राणघातक सत्य !

प्राणघातक सत्य !

धनराज गिरी
रिचार्ज !

रिचार्ज !

धनराज गिरी
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे