साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिघ्रा सबै देखिने

Nepal Telecom ad

लाग्यो तीज भनेर हिंड्नु महिला नाचेर पार्टी हल ।
टाढै हुन्छ भनेर भन्नु कसले नारी सबैका बल ।।
छोटो हुन्छ लुगा नहेर्नु कसरी तिघ्रा सबै देखिने ।
लोग्ने छैन यहाँ विदेश तिनका केटा यसै लोभिने ।।

आधा ढाड खुला हुँदैछ तनको छात्ती खुला बन्दछ ।
मिड्डी सर्छ अझै मास्तिर झनै वित्ता जती बँच्दछ ।।
काटिन्छन् पनि केश सुन्दर हुने केटा सरीकै बनि ।
झुक्किन्छन् कतिविध्न मानिसहरु केटा कि केटी भनि ।।

च्यापी च्याप्प चुरोट ठ्याक्क मुखमा छाडी धुँवा फस्फस ।
छाड्दै पढ्न र लेख्न हल्लि दिनहूँ एकान्तको लस्पस ।।
खोजीमा अधिकार हुन्छ महिला कर्तव्य बिर्सी कन ।
लोग्ने आफु त गर्भ धारण गरोस् ली चाहना बेस्कन ।।

आमा लोक चलाउने भनि पुजा गर्ने कसोरी भन ।
आस्था मानुँ र खै जहान घरकी तोडेर लियौ मन ।।
बैनी हौ कि दिदी म जानुँ कसरी निर्लज्ज देखेँ खुब ।
अर्को वर्ष नलेखुँ है त कविता सम्झेर नारी रुप ।।

तिम्रो शान हुनेछ शालिन बने आर्द्र उसै मिल्छ र ।
हौ निर्माण तिमी यही प्रकृतिको सर्वोच्च प्राणी भर ।।
आफ्नो ईज्जत राख नफाल निच भै मानिन्छ राम्रो कुरा ।।
नारी सृष्टि प्रदायिनी सकलकी नारी नभै के कुरा ।।

गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
भिषा लाग्यो

भिषा लाग्यो

भाेज अर्याल
गीत्कौली

गीत्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x